कप्तान राजुको उमेरमा शंका छैन : आइसिसी

u-19 captain raju rijal copyकाठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)ले नेपाली यू–१९ क्रिकेट टिमका कप्तान राजु रिजाललाई उमेर विवादमा सफाइ दिइएको छ । आइएसिसीले कप्तान रिजाल बढी उमेरको भएको कुनै प्रमाण नभएको जनाएको छ ।

भारत मुम्बईका क्रिकेटर कौतुभ पावरले रिजालको बढी उमेर भएको आरोप लगाएका थिए । उनले नेपाली कप्तान राजु रिजाल नभएर राजु शर्मा भएको बताएका पनि थिए । भारतसँगको खेलपछि उनले राजुलाई बढी उमेरको भएको दाबी गरेका थिए ।

यसबारे आइसिसीले औपचारिक प्रक्रिया दिँदै नेपाल क्रिकेट संघ(क्यान)ले प्रतियोगिता अघि नै पेस गरेको राजुको कागजात अनुसार आरोप गलत भएको जनाएको छ । आइसिसीले उनी १९ वर्षभन्दा बढी भएको कुनै संकेत नदेखिएको जनाएको छ । क्यानले आइसिसीलाई उपलब्ध गराइएको राजुको पासपोर्ट र जन्म दर्तालगायतका कागजातको पनि अध्ययन गरिएको आइसिसीले यस्तो धारणा सार्वजनिक गरेको हो ।

प्रतिक्रिया