सुम्निमाको पहिलो गीत ‘कटारीमा गेट’

sumnimaकाठमाडौं । नवगायिका सुम्निमा चाम्लिङ पहिलोपटक ‘कटारीमा गेट’ बोलको पूर्वेली लोकगीत लिएर श्रोतामाझ आएकी छन् । भर्खरै बजारमा आएको ‘कटारीमा गेट’लाई तेरिसा म्युजिक कम्पनीले बजारमा ल्याएको हो ।

प्रियजन राईको शब्द तथा लय संकलनमा रहेको उक्त गीतमा सुम्निमालाई बुद्ध खत्रीले गाउन सहयोग गरेका छन् । खोटाङदेखि ओखलढुंगाहुँदै उदयपुरको सडकमार्ग र त्यहाँको स्थानहरूलाई समेटेर तयार पारिएको पूर्वीलोकलयको गीतले आञ्चलिकता बोकेको सुम्निमाले बताइन्

सानै उमेरदेखि गीत संगीतमा रुचि राख्ने गरेकी उनले पहिलोपटक लोकगीत रेकर्ड गराए पनि अन्य प्रकारका गीतसमेत गाउन सक्ने बताएकी छन् । उनले पहिलोपटक रेकर्ड भएको गीतको म्युजिक भिडियो निर्माणका लागि अन्तिम तयारीमा लागेको बताउँदै चाँडै बजारमा यसको म्युजिक भिडियो सार्वजनिक गर्ने बताएकी छन् ।

काठमाडौंमा सामान्य रोजगारी गर्दै आएकी उनले अब संगीत क्षेत्रमा आफ्नो क्यारियर निर्माण गर्न नियमित साधनामा रहेको बताएकी छन् । (सौस)

प्रतिक्रिया