म्यानमारमा संसद् अधिवेशन

myanbar copyनाइपिद्व (म्यानमार), २० माघ । म्यानमारमा नयाँ निवार्चित संसद्को पहिलो अधिवेशन बुधबारबाट सुरु भएको छ । गएको नोभेम्बरमा निर्वाचित संसद्को पहिलो अधिवेशन बुधबार सुरुभएको हो । म्यानमारको संविधानमा एक संसद्को निर्वाचन भएपछि त्यसले तीन महिनापछि मात्र कार्यभार सुरु गर्ने प्रावधान रहेको छ ।

गएको ८ नोभेम्बरमा त्यहाँ सम्पन्न आमनिर्वाचनले म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको दल नेसनल लिग फर डेमोक्र्यासी (एनएलडी)ले अत्यधिक बहुमत ल्याएको थियो । विजयी दललका संंसदहरू गत सोमबारदेखि संसद्मा प्रवेश गरेका थिए । म्यानमारको सबैभन्दा ठूलो दलको कार्यभार सो दलले सोमबारबाट थालेको बताइएको थियो ।

निर्वाचन सकिएको करिब ३ महिनापछि सुरुभएको त्यहाँको पहिलो संसद् अधिवेशनको अध्यक्षता एनएलडीका युजोने ललहताले गरेका छन् । गत नोभेम्बर ८ मा भएको आम निर्वाचनमा एनएलडीले २ सय ३३ सिटमा बहुमत हासिल गरेको थियो ।

म्यानमारको सैनिक सहयोगको सरकार एवं पूर्वसैनिक जर्नेलहरूको बाहुल्यतामा रहेको राजनीतिक प्रणालीमा सुकीजस्तो प्रजातान्त्रिक दलले गरेको विजयका कारण म्यानमारमा राजनीतिको नयाँ बिहानी उदाउने अपेक्षा गरिएको छ । म्यानमारको सैनिक सहयोगको सरकारको नेतृत्वले गरेको सो निर्वाचनपछि सहजै शक्ति हस्तान्तरण गर्ला भन्नेबारे नागरिकमा आशंका रहेको थियो । तर, संसद्को अधिवेशन नै सुरु भएपछि भने सरकारले सजिलै शक्ति हस्तान्तरण गर्ने भएको देखिएको बताइएको छ ।

प्रतिक्रिया