ओप्स अन्तरविद्यालय फुटबल

काठमाडौं, १९ माघ । सामाखुसी बोडिङ स्कुल(सेब) प्रथम ओप्स अन्तरविद्यालय फुटबल प्रतियोगिताको मंगलबार क्वाटर फाइनलमा प्रवेश गरेको छ । नेपालटारस्थित तारकेश्वरको खेलमैदानमा भएको अन्तिम लिग खेलमा सेबले ज्ञान मन्दिर स्कुललाई १–१ को बराबरीमा रोकेपछि अपराजित रहँदै अन्तिम ८ मा प्रगति स्कुलसँग भेट पक्का गरेको हो ।

सेबले १ खेलमा जित तथा २ खेलमा बराबरी खेलेपछि समूह ‘ग’को विजेताको रूपमा क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थियो । समूह ‘ग’को अर्को खेलमा मस्र्याङ्दीले न्युटनसँग २–१ ले पराजय बेहोरे पनि क्वाटरफाइनलमा स्थान बनायो । त्यस्तै समूह ‘ख’को अन्तिम लिग खेलमा फ्रिल्यान्ड र मनास्लुबीचको खेल १–१ को बराबरीमा समाप्त भयो ।

फ्रिल्यान्ड विजेता र सिर्जना ज्ञानसगर उपविजेताका रूपमा अन्तिम ८ मा पुगे । समूह ‘घ’बाट राजन मेमोरियले प्रिसियसलाई ४–१ गोल अन्तरले हराउँदै विजेताको हैसियतले तथा पुष्प कुञ्जले एन्जलहार्टलाई १–१ ले रोकेपछि उपविजेताको रूपमा अन्तिम ८ मा स्थान सुरक्षित बनाए ।

प्रतिक्रिया