बुद्ध जयन्तीमा ‘बुद्ध बर्न इन नेपाल’

buddha_born copyकाठमाडौं । शान्तिका अग्रदुत गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्य संसारलाई बुझाउने उद्देश्यले निर्माण भएको चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ बुद्ध जयन्तीको अवसर पारेर नेपालभर रिलिज हुने भएको छ । यसपटक बुद्ध जयन्ती वैशाख १० गते परेको छ ।

कलाकार तथा निर्माता अमित ढुंगाना अमेरिका पुग्दा वुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम छरिएको पाएपछि यसलाई चिर्नका लागि नायक रमित ढुंगानासँग मिलेर यो चलचित्र बनाएका हुन् । चलचित्रको नाम सुन्दा वृत्तचित्र जस्तो लागे पनि वुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने तथ्यका साथ कथानक ढंगले चलचित्र बनाएको रमितले बताए । यो चलचित्रमा एक पात्रले वुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्य पुष्टी गर्नका लागि आफ्नै सरकार र अन्य पक्षसँग गरेको संघर्ष र वास्तविकतालाई प्रस्तुत गरिएको छ । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको चलचित्रमा अमेरिकाका विभिन्न स्थानका साथ लुम्बिनीका दृश्यहरूलाई समेत कथानक ढंगले प्रस्तुत गर्दै बुद्ध नेपालमै जन्मेका हुन् भन्ने वास्तविकता छर्लंग पारिएको छ । नेपालपछि अमेरिका, युरोप, जापान, अस्ट्रेलिया, क्यानडालगायत बौद्ध धर्म मानिने मुलुकमा पनि प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

चलचित्रमा रमित ढुंगानाको कथा, दिनेश न्यौपानेको पटकथा तथा संवाद, सुरेश अधिकारीको संगीत, दीर्घ गुरुङको छायांकन छ । चलचित्रमा अमित ढुंगाना, रमित ढुंगाना, अशिष्मा नकर्मी, निर शाह, मिथिला शर्मा, मनिता लामाको मुख्य भूमिका छ । (सौस)

प्रतिक्रिया