काभ्यको वनकुसुमलाई उपाधि

kavya copyकाठमाडौं, १८ माघ । काभ्य स्कुल बानेश्वरको वार्षिक खेलकुदमा सोमबार वनकुसुम समूह विजेता बनेको छ । विजेता वनकुसुमले कुल ८ हजार ७ सय अंकका साथ उपाधि हात पा¥यो । विजेता टिमलाई काभ्यका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले ट्रफी प्रदान गरे । सिनियर र जुनियर दुवैतर्फ वनकुसमले सर्वाधिक पदक हात पारेको थियो । त्यस्तै सुलोचना समूह दोस्रो र प्रमिथस समूह तेस्रो बन्यो । सुलोचनाले ८ हजार ४ सय ४५ अंक र प्रमिथसले ८ हजार ७५ अंक प्राप्त ग¥यो । शाकुन्तलले भने चौथो स्थानमा चित्त बुझायो ।

प्रतियोगिता २ दिनसम्म चलेको थियो । कुल ११ खेलमा ३ सय ७५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको पूर्वनेपाली फुटबलर एवं काभ्यका खेल इन्चार्ज प्रज्वल प्रताप क्षेत्रीले जनाए । अन्तिम दिनको खेलमा वनकुसुम र सुलोचनाले २ स्वर्ण जितेका थिए । काभ्यले सहिदहरूको सम्झना र सम्मानका लागि सहिद सप्ताहसँग जोडेर वार्षिक खेलकुदको आयोजना गर्ने गरेको छ । प्रमिथस र शकुन्तले भने १–१ स्वर्ण हात पारेका थिए ।

प्रतियोगिताको समापन समारोहको उद्घाटन नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षक बालगोपाल महर्जनले गरेका थिए । काभ्यका प्रिन्सिपल बास्कोटाले बालबालिकाहरूलाई खेलकुदप्रति अभिरुची बढाउन वार्षिक खेलकुद आवश्यक रहेको बताए । बास्कोटाले भने, ‘बालबालिकाहरूलाई खेलकुदविनाको शिक्षा उपयोगी मुलक हुँदैन ।’ (सौस)

प्रतिक्रिया