चितवनमा श्रीयम मसलाको बिस्तार

काठमाडौं । खाना पकाउने क्रममा नुनबाहेक अरू सामग्री मिसाउन नपर्ने स्वदेशी उत्पादन श्रीयम मसलाको आधिकारिक बिक्री केन्द्र चितवनको नारायणगढमा बिस्तार भएको छ । अन्नपूर्ण इन्डस्ट्रिज प्रालिले उत्पादन गरेको श्रीयम ब्रान्डको मसलाको बिक्रीकेन्द्र तथा सोरूम नारायणगढ बजारस्थित कमलनगरमा सञ्चालनमा ल्याइएको हो । बिक्रीकेन्द्रको उद्घाटन इन्डस्ट्रिजका प्रबन्धनिर्देशक विधान केसीले गरेका थिए ।

बिक्रीकेन्द्रको उद्घाटन गर्दै प्रबन्धनिर्देशक विधान केसीले भने, ‘खाना पकाउने क्रममा प्राकृतिक स्वाद परिवर्तन नहुने र नुनबाहेक अरू केही पनि मिसाउन नपर्ने हुँदा श्रीयम मसला चितवनमा पनि उपभोक्ताको पहिलो रोजाइ हुने हाम्रो विश्वास रहेको छ ।’ पछिल्लो समय राजधानी उपत्यकामा उपभोक्ताको पहिलो रोजाइ बनिरहेको मसला हरेक नेपालीको पहिलो रोजाइ बन्ने कम्पनीको विश्वास छ । चितवनमा श्रीयम ब्रान्डको मसला पि एन्ड बि सप्लायर्सले भित्राएको हो ।

श्रीयम मसला हिमाली स्वादमा नेपालमै उत्पादन भएको एक उत्कृष्ट मसला हो । भारतीय मसलाले नेपाली बजारमा दबदबा बढाइरहेका बेला श्रीयम मसलाले स्वदेशमै उत्पादन सुरू गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । नेपालको राजधानी काठमाडौंमै उत्पादन सुरू गरिएको श्रीयम ब्रान्डमा विभिन्न २६ प्रकारका मसला उत्पादन हुँदै आएका छन् । कम्पनीले भान्साका लागि चाहिने सबै प्रकारका तरकारी, मटन, चिकन, माछादेखि पानीपुरी र मःमः मा प्रयोग हुने सबैखाले मसला बजारमा उपलब्ध गराउँदै आएको छ । बजारमा आएका अधिकांश मसला बाहिरबाट हेर्दा स्वादिलो देखाइए पनि प्रयोग गर्दा बास्ना हराउने समस्यालाई मध्यनजर गर्दै आपूmहरूले मसलाको प्राकृतिक स्वाद नहट्ने गरी उत्पादन गरिएको कम्पनीको भनाइ छ ।

मसलामा अलैँची, अदुवा, बेसार, सुकुमेल, जाइफल, ल्वाङ, दालचिनी, मरिच जस्ता थुप्रै प्राकृतिक खाद्यवस्तु प्रयोग गरिएको हुँदा खाना पकाउने क्रममा नुनबाहेक अरू सामग्री आवश्यक नपर्ने एक मात्र मसला भएको कम्पनीको भनाइ छ । यो मसला थोरै मात्रामा राख्दा पनि धेरै लाग्ने र स्वादिलो हुने तथा मानव स्वास्थ्यका हिसाबले पनि उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा सबैभन्दा बढी भारतीय मसला प्रयोग भइरहेको छ । स्वदेशमा उत्पादित पनि सानो परिणाममा भएको हुनाले नेपाली मसलाले माग धान्न सकिरहेको छैन । यस्तो अवस्थामा कम्पनीले ठूलो परिणाममा लगानी गरी राजधानी काठमाडौंमै उत्पादन सुरू गरेको हो । चितवनपछि मुलुकका अन्य क्षेत्रमा पनि बिक्रीकेन्द्र स्थापना गरी हरेक नेपालीको भान्सामा श्रीयम मसला पु¥याउने कम्पनीको योजना रहेको छ ।

प्रतिक्रिया