एन्जेलिकालाई पहिलो ग्रान्डस्लाम

tenish open serena beat by kerbere copyमेलबर्न । जर्मनीकी एन्जेलिकी केर्बेरले अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन् । विश्व नम्बर एक अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्दैै एन्जेलिकाले उपाधि हात पारिन् । एन्जेलिकाले ६ पटकको च्याम्पियन सेरेनालाई हराइन् । अस्ट्रेलियन ओपनमा साताँैपटक फाइनलमा पुगेकी सेरेनाले पहिलो पटक हार बेहोरिन् ।

उनले सेरनालाई पराजित गर्न २ घन्टा २ मिनेट समय लगाइन् । उनले सेरेनालाई ६–४, ३–६ र ६–४ को सेटमा हराइन् । केर्बेरले करियरको पहिलो ग्रान्डस्लाम जितेकी हुन् । २१ वटा ग्रान्डस्लाम जितिसकेकी ३४ वर्षे सेरनाको फाइनलमा यो पाँचौँ हार हो । जर्मनका लागि उनले १७ वर्षपछि उपाधि दिलाइन् । स्टेफी ग्राफले सन् १९९९ को फ्रेञ्च ओपन जितेका थिए । त्यसपछि जर्मनीका कुनै पनि टेनिस खेलाडीले मुख्य प्रतियोगिताको एकल उपाधि जितेका थिएनन् । (एजेन्सी)

प्रतिक्रिया