फिल्म प्रमोशनमा पुगे कप्तान पारस खड्का

champion-team-with-paras copyकाठमाडौं । क्रिकेटको कथामा आधारित भएर नेपालमा सम्भवतः पहिलोपटक निर्माण भएको फिल्म ‘च्याम्पियन’को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रको ट्रेलर नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन पारस खड्काले सार्वजनिक गरेका थिए । बिबी फुयालको निर्देशनमा रीता पोखरेलले निर्माण गरेको यो चलचित्रको प्रस्तुतकर्ता कृष्ण पोखरेल हुन् । चलचित्रमा दिक्पाल कार्की, मन्जिता केसी, जेएन घिमिरे, जगत टमाटा, शारदा आचार्य, साहिल खानलगायत कलाकारको मुख्य भूमिका छ । चलचित्रमा पवन गौतमको छायांकन, मुभी फ्याक्ट्रीको सम्पादन, कृष्ण पोखरेलको कथा तथा गीत छ । कार्यक्रममा बोल्दै कलाकार दिक्पाल कार्कीले करिअरको सुरुआती स्टेजमा नै आफूले एउटा गाह्रो क्यारेक्टर गरेको बताए ।

क्यारेक्टरको चुनौतीका कारण आफूले सुरुआतमा यो चलचित्र गर्ने वा नगर्ने दोधारमा रहेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि पारस खड्काले नेपालले विश्वकप क्रिकेट खेलेपछि यसमा सिंगो नेपालीको क्रेज बढेको बताए । उनले चलचित्रको माध्यमबाट खेलकुदको विकास गर्नुपर्ने आवश्यकता पनि औँल्याए । कार्यक्रममा नायक दिक्पाल कार्की र नवनायिका मञ्जिता केसी ढिलो आइपुग्दा कार्यक्रम केही ढिलो गरी सुरु भएको थियो ।

फागुन १४ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको ट्रेलरमा एक यूवाले क्रिकेटर बन्नका लागि गर्ने संघर्ष र सफलताको कथा छ । (सौस)

प्रतिक्रिया