ओडिसी बास्केटबल हुँदै

काठमाडौं । ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा आठौँ ओडिसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामामा जुनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १२ टिमको सहभागिता रहने ओडिसीका प्रिन्सिपल नारायण रोकाले जनाएका छन् । सिनियर गल्र्सको प्रतिस्पर्धा थ्री बाइ थ्री स्वरूपमा हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार खर्च हुने ओडिसीका संयोजक नारायण मगरले जानकारी दिए ।
लिग कम नकआउट आधार हुने प्रतियोगिताका खेलहरू धापासीस्थित आयोजककै कोर्टमा हुनेछ । (सौस)

प्रतिक्रिया