कलाकार संघले अवार्ड कार्यक्रम गर्ने

kalakar sanghकाठमाडौं, १४ माघ । नेपाल चलचित्र कलाकार संघले पनि अवार्ड कार्यक्रम गर्ने भएको छ । चलचित्रसँग आवद्ध विभिन्न संस्था र विशेषगरी विभिन्न मिडिया हाउसहरूले अवार्ड त गरिरहेका भिडमा नेपाल चलचित्र कलाकार संघ पनि थपिएको हो । चलचित्रसम्बन्धी यस्ता अवार्डहरूले बेलाबेलामा चर्चा र विवाद सुनिँदै आइरहन्छन् ।

चुनाव जितेको केही समयमा नै रामकेशर बोगटी नेतृत्वको चलचित्र कलाकार संघले अवार्ड आयोजना गर्ने भएको छ । अवार्ड आयोजना गर्ने निर्णय गरिएको संस्थाकी महासचिव तथा प्रवक्ता सरिता लामिछानेले बताइन् । उनले अवार्ड आयोजनाका लागि संयोजकमा कृष्ण मल्ल र सह–संयोजकमा प्रकाश सुवेदीलाई तोकिएको जानकारी दिइन् । तर, अवार्ड कुन मितिमा देश भित्र वा बाहिर कता गर्ने भन्ने विषयमा केही निर्णय नभएको उनले बताइन् । उनका अनुसार अवार्ड गर्ने निर्णय भए पनि अरू कुनै विषयमा टुंगो लागेको छैन ।

चलचित्र प्राविधिक संघले अवार्डको आयोजना गर्दै आएको छ । अब, अर्को चलचित्रसम्बन्धी संस्था अवार्ड आयोजनाका लागि अगाडि सरेको छ ।

प्रतिक्रिया