क्यान्सरबाट दैनिक ७ हजारभन्दा बढीको मृत्यु

मियामी । दीर्घकालीन संक्रमण, धूमपान तथा बढ्दो वायु प्रदूषणका कारण चीनमा क्यान्सर रोगको प्रकोप बढेको अनुसन्धानकर्ताहरूले मंगलबार जानकारी दिएका छन् । चीनमा क्यान्सर रोगबाट दैनिक ७ हजार ५ सय व्यक्तिको मृत्यु हुनेगरेको सो अनुसन्धानले देखाएको सो अध्ययनले देखाएको छ ।

गतवर्ष मात्र क्यान्सर रोगबाट चीनमा २८ लाख व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी गतवर्ष नै कम्तीमा पनि ४३ लाख व्यक्तिमा सो रोगको संक्रमण भेटिएको बताइएको छ । हालै मात्र गरिएको सो अध्ययनले चीनमा मात्र प्रायः फोक्सोको क्यान्सरबाट व्यक्तिहरूको मृत्यु हुने गरेको सो अनुसन्धानले देखाएको छ ।

चीनको जनसंख्या एक अर्ब ३७ करोड रहेको राष्ट्रिय क्यान्सर केन्द्रका अधिकारी वानकिङ्गले दिएका हुन् । चीनको विशाल जनसंख्यामा पछिल्लो समयमा क्यान्सर रोग एक समस्याको रूपमा देखापरेको बताइएको छ ।

गएका वर्षहरूमा अनुसन्धानकर्ताहरूले अत्यन्त सानो नमुनाबाट सो रोगको अनुसन्धान गर्ने गरेको हुनाले क्यान्सर रोग अनुमान गर्न नसकिएको बताइएको छ । हालै गरिएको एक अनुसन्धान अनुसार चीनमा पुरुषहरूमा फोक्सो, पेट, भोजन नली र कलेजोको क्यान्सर देखिन्छ भने महिलामा स्तन क्यान्सरबाट मृत्यु हुने गरेको छ ।

पुरुष र महिलामा देखिने यसप्रकारको क्यान्सरका कारण प्रत्येक दिन ७ हजार ५ सयको मृत्यु भएको समाचारमा उल्लेख छ । चीनमा क्यान्सर रोग महिलामा भन्दा पुरुषमा बढी मात्रामा रहेको बताइएको छ । प्रति एक लाख पुरुषमा १ सय ६६ जना सो रोगले मृत्यु हुने गरेको बताइएको छ ।

यो संख्या महिलाको तुलनामा दोब्बर भएको बताइएको छ । चीनमा महिलामा स्तन क्यान्सर एक खतरनाक संक्रमणका रूपमा बढ्दै गएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया