रग्बी टोलीको घोषणा

काठमाडौं । भारतको चेन्नइमा हुने एसिया रग्वी डेभलोप्मेन्ट सेभेन्स– २०१६ मा सहभागी हुने नेपाली पुरुष र महिला टिमको घोषणा गरिएको छ ।

नेपाल रग्वी संघले पुरुष÷महिलामा समान ३ वैकल्पिकसहित १५ पुरुष÷महिला गरी ३० सदस्यीय टोलीको बुधबार घोषणा गरेको हो ।

पुरुषमा नवीन गिरी, कृष्ण क्षेत्री, विराट श्रेष्ठ, सन्जित ढुंगाना, कृष्ण धमला, श्रीराम श्रेष्ठ, प्रेमबहादुर कोइराला, रुपक थापा, कृष्णकुमार फाजु, जनक वाइबा, अमर श्रेष्ठ तथा अर्जुन थापा रहेका छन् । वैकल्पिकमा विराट एैडी, दीपक विश्वकर्मा र सनिश श्रेष्ठ छन् ।

महिलामा रसना गुरुङ, एलिशा थापा, सिर्जना राई, सुस्मिता थापा मगर, अमृता राई, मिङमा तामाङ, सविना महर्जन, राधिका शाक्य, पार्वती अर्याल (कार्की), निताकुमारी शाह, विनु खड्का तथा मनीषा थापा रहेका छन् । वैकल्पिकमा सुनिता तामाङ, पन्चमाया श्रेष्ठ र सुप्रिया गुरुङ छन् । टोलीको बन्द प्रशिक्षण बुधबारैदेखि सुरु भएको छ ।

प्रशिक्षण १ महिनासम्म चल्ने छ । उनीहरूलाई गोविन्द घिमिरे, टंकराज गिरी, हरिबहादुर तामाङ र  विनोद लामाले प्रशिक्षण
दिने छन् ।

प्रतिक्रिया