मुखर्जीको चासो शान्ति र स्थायित्वमा

नयाँदिल्ली । भारतका राष्ट्रपति प्रणव मुखर्जीले मुलुकको शान्ति, स्थायित्व र छिमेकको विकासमा जोड दिएका छन् । भारतको ६७औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रका नाममा दिएको सन्देशमा मुखर्जीले उक्त कुरामा जोड दिएका हुन् । काठमाडौंस्थित भारतीय राजदूतावासमा मंगलबार आयोजित समारोहमा नेपालका लागि उक्त मुलुकका राजदूत रणजित रायले राष्ट्रिय झन्डा फहराई भारतीय राष्ट्रपतिको सन्देश वाचन गरेका थिए । कार्यक्रममा राजदूतावासको रक्षा विभागद्वारा नेपालमा बस्ने भारतीय भूतपूर्व सैनिकका लागि भारत सरकारले प्रदान गर्ने कल्याण कार्यक्रम समेटेर प्रकाशित ‘भूपू २०१५’ शीर्षक पुस्तक विमोचन गरिएको थियो । (एजेन्सी)

प्रतिक्रिया