इरानमा बालकलाई बढी मृत्युदण्ड

तेहरान । एम्नेस्टी इन्टरनेसनलले बालबालिकालाई फासीको सजाय सुनाउने मुलुकहरूमा इरान अग्रस्थानमा पर्ने भन्दै मंगलबार इस्लामिक गणतन्त्र इरानप्रति चासो व्यक्त गरेको छ । बालबालिकालाई पापबाट मुक्ति पाउन भनी यातना र दुव्र्यवहार दिइने गरेको भन्दै इरानमाथि एम्नेस्टी इन्टरनेसनलले मंगलबार आफ्नो दाबी सार्वजनिक गरेको छ ।

मानवअधिकारवादी संस्था एम्नेस्टीका अनुसार इरानले किशोरकिशोरीलाई दिइएका यस्ता सजाय विश्वका अन्य राष्ट्रको तुलनामा इरानमा उच्च भएको जनाएको हो । सन् २००५ देखि सन् २०१५ को अन्त्यसम्म जम्मा ७३ मृत्युदण्डका सजाय सुनाइएको थियो । यो अन्य मुलुकको तुलनामा बढी हो ।

गएको वर्ष सन् २०१५ मा मात्र १८ वर्षमुनिका ४ किशोरकिशोरीलाई विभिन्न अभियोगमा मृत्युदण्डको सजाय भएको एम्नेस्टी मध्यपूर्व क्षेत्रका उपनिर्देशक सइद बौमेदौहाले जनाएका छन् । इरानमा प्रायः प्रचलित यस्ता दण्डमा हतया अभियोग, बलात्कार, लागुऔषध र राष्ट्रिय सुरक्षासम्बन्धी वा भगवानविरोधी गतिविधि रहेका लन्डनस्थित एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया