सागमा आर्चरीको चर्चा

main photo copyआसन्न १२आँै दक्षिण एसियाली खेलमा नेपालले २३ खेलमा सहभागिता जनाउँदै छ । यी २३ खेलमध्ये केहीमा स्वर्णपदकको सम्भावना रहेको छ भने केही खेल विगतको भन्दा राम्रो नतिजा र अधिकतम रजत पदकसम्मका लागि तल्लीन छन् । अनुमानहरू धेरै गरिएका छन् । यी धेरै अनुमानका आधार थुप्रै छन् । तर, एउटा सत्य के हो ? भने नेपालको राम्रो प्रदर्शनको सम्भावना टिम खेलमा भन्दा बढी व्यक्तिगत खेलमा छ । व्यक्तिगत खेलमा भन्दा बढी पावर गेममा छ । सम्भावना नै आँकलन गर्ने क्रममा लामो समय नेपाली खेलकुदमा प्रभाव जमाएका खेलकै बारे धेरै चर्चा भएको छ ।

विगतमा तेक्वान्दो, कराते, बक्सिङ, जुडो, उसु, सुटिङ, टेबल टेनिस, पौडी, फुटबल, भारोत्तलन र एथलेटिक्समा मात्र नेपालले स्वर्णपदक जितेको छ । यसपटक करातेको सहभागिता छैन । धेरै खेलमा नेपालको स्तर पछिल्लो समय खस्किएको छ । यसकारण तेक्वान्दो, उसु, ट्रायथलन र जुडो अहिलेको नेपाली वृत्तको प्रमुख खेलको रूपमा रहेको छ । बक्सिङमा नेपाल कमजोर त होइन, तर पछिल्लो समय भारतले मारेको फड्कोका कारण दक्षिण एसियाली खेलमा पुरानो साखका लागि संघर्ष गर्नुपरेको हो । अन्य खेलमा स्वर्णपदकको सम्भावना न्यून मानिन्छ । यस बीचमा नेपाल आर्चरीको लक्ष्य रजतपदक बनेको छ । आँकलन पनि त्यसै अनुसारको छ ।

भारतमा हुने १२औँ सागको आर्चरीमा नेपालले रिकर्भका ५ तथा कम्पाउन्डका २ स्पर्धामा सहभागिता जनाउँदै छ । यस क्रममा केही दिन अघि मात्र नेपाल आर्चरी संघको नेतृत्व लिएका दीपक गुरुङका लागि समेत यो प्रतियोगिता महत्वपूर्ण हुन सक्नेछ । २ कार्यकाल महासचिव बिताएका गुरुङ अहिले पनि आशावादी रहेका छन् । खासमा उनी किशोरकुमार गुरुङ, लक्ष्मण पुन, विवेक शेन गुरुङ र योगेन्द्र शेरचनको टोलीले कम्पाउन्डमा राम्रो नतिजामा ल्याउनेमा धेरै आशावादी रहेका छन् । अन्य केही स्पर्धामा समेत नेपाली टोलीको पदकको सम्भावना रहेको छ ।

सागमा नेपाली टोलीले छोटोे समयको तयारीको कारण कोलम्बोमा कुनै पदक जितेको थिएन । अर्कोपटक ढाकामा पनि कोलम्बोमा भैm रिकर्भ स्पर्धामा मात्र थियो । यसमा पुरुष टिम इभेन्टमा नेपालले कास्यपदक जितेको थियो । दीपक गुरुङले २ कार्यकाल महासचिव बिताएर अध्यक्ष भएका हुन् । आर्चरीमा लामो समय बिताएका उनी नेपाली आर्चरीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवेश गराउने क्रममा सन् २००५ मा दक्षिण एसियाली आर्चरी महासंघको स्थापनामा सक्रिय थिए । १४औँ एसियन आर्चरी च्याम्पियनसीपको समयमा गठित महासंघमा उनी सदस्य मात्र थिए । नयाँ दिल्लीमा बंगलादेश, नेपाल, श्रीलंका, भुटान र भारत सम्मिलित महासंघ स्थापना भएको हो । महासंघमा अहिले उनी उपाध्यक्ष छन् ।

3 copyलेभल ३ प्रशिक्षण कोर्ष आपैmँले पूरा गरेका छन् । साथमा किशोर गुरुङले पनि यो सफलता पाएका छन् । प्रेमप्रसाद पुनले लेभल टु गरेका छन् । विश्व आर्चरी महासंघले आयोजना गरेको कम्पाउन्ड वर्कसप सेमिनारमा पनि नेपालीको सहभागिता रह्यो । नेपाली आर्चरीमा अहिले ३ समस्या छन् । भौतिक संरचना, जनशक्ति र खेलाडीको संख्या । उनको भौतिक संरचनाका लागि सबै सरोकारवालासँग सहयोगको माग गर्ने योजनामा छन् । जनशक्तिका लागि नेपालमै सोलिडारिटी कोर्ष आयोजना गर्ने योजनामा छन् ।

आर्चरीमा उनको उपस्थिति अचम्मको संयोग बनेर देखिएको थियो । सन् १९९१ मा उनी सिंगापुरमा प्रहरी थिए । त्यहाँ कुनै खेलमा लाग्न भनियो । उनी आर्चरीमा लागे । त्यसको १ वर्षपछि सिंगापुरमा एसियन आर्चरी हँुदै थियो । एकपटक दीपकले नेपाल ओलम्पिक कमिटीसँग समन्वय गरेर सहभागिताको प्रयास गरे । अन्त्यमा सिंगापुरमा सुरक्षा निकायमा आवद्ध हुनेले काममै व्यस्त रहनुपर्ने भयो ।

सन् २००६ मा कोलम्बो सागमा सहभागी उनी त्यसअघि नै ढाकामा भएको पहिलो दक्षिण एसियाली च्याम्पियनसीपमा सहभागिता जनाउन पुगे । त्यहाँ उनको टोली तेस्रो भयो । किशोर, प्रेम र योगेन्द्र टोलीमा थिए । दीपक प्रशिक्षक र खेलाडी थिए । ११औँ सागमा प्रेम टोलीमा थिए भने जितबहादुर मोक्तान, असिम शेरचन र रमेश भट्टचन थिए । उनी प्रशिक्षकको भूमिकामा थिए । दुई कार्यकाल महासचिव बिताएका दीपकका लागि आसन्न साग खेलमा राम्रो नतिजा आए त्यो उनको कार्यकालको सफल सुरुआत हुनेछ ।

 

प्रतिक्रिया