पशुपतिप्रसादको गीत सार्वजनिक

pasupati prasad copyकाठमाडौं । ‘पशुपतिप्रसाद’ले फिल्मको पहिलो गीत रिलिज गरेको छ । फिल्मले ‘मन तार सारंगी रोएको रोइ छ’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सोसल–ड्रामा भनिएको यस फिल्मको रिलिज भएको गीतलाई अनुपम र विजय बरालले गाएका हुन् । गीत लेखन तथा संगीत पनि अनुपमले नै दिएका हुन् । टुकी आर्ट्स र दीपेन्द्र के खनाल प्रोडक्सनको ब्यानरमा बनेको बाबुको ५० हजार ऋण तिरेर बाबुलाई स्वर्ग जाने ढोका खोलिदिने सपना पालेको ‘पशुपतिप्रसाद’को कथा भन्ने फिल्म माघ १५ गते रिलिज हुँदै छ । फिल्मको कथा ‘टलकजंग भर्सेज टुल्के’ का लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् ।

फिल्ममा खगेन्द्र लामिछाने, वर्षा सिवाकोटी, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, सजन राई, विभु विप्सनलगायतको मुख्य भूमिका रहेको छ । (सौस)

प्रतिक्रिया