भानुभक्त खेलकुद मोहत्सव हुने

bhanubhakta_khel copyकाठमाडौं । भानुभक्त मेमोरियल उच्च माध्यामिक विद्यालयले स्थापनाको स्वर्ण जयन्तीको अवसरमा माघको पहिलो साता खेलकुद सप्ताह आयोजना गर्ने भएको छ । विद्यालय प्रशासनले आज पत्रकार सम्मेलन गरि आगामी माघ २ देखि ९ गतेसम्म विद्यालयस्तरीय खेलकुद मेलाको आयोजना गर्ने जानकारी दिएको हो ।

खेलकुद सप्ताहमा अन्तर विद्यालयस्तरीय बास्केटबल र टेबलटेनिस प्रतियोगिताको आयोजना हुनेछ । प्रतियोगितामा काठमाडौं उपत्यकाका अधिकांश विद्यालयको सहभागिता रहने आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ रञ्जितले जानकारी गराए । यसका साथै प्रतियोगिताको उद्घाटन हुने दिन माघ २ गते विद्यालयका पूर्व विद्यार्थी, अभिभावकलगायत समावेश गराएर दौड प्रतियोगिता आयोजना गरिने विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद कँडेलले पत्रकार सम्मेलनमा बताए ।

पानीपोखरीबाट नारायणगोपाल चोक हँुदै सोही रुट फिर्ता हुनेगरी ३ किलोमिटरको दौड सञ्चालन हुनेछ । त्यस्तै विद्यालय प्रांगणमा मार्चपासलगायत कराते डेमोस्टे«सन हुनेछ । विद्यालयकै विभिन्न कक्षाका विद्यार्थीहरूबीच कक्षागत क्रिकेट तथा फुटबल प्रतियोगिता सञ्चालन हुनेछ ।  माघ ९ गते समापनको अवसरमा पूर्वविद्यार्थी र विद्यालयका शिक्षकबीचको फुटबल खेल नेपाल पुलिस एकेडेमीको मैदानमा हुनेछ ।

स्वर्ण जयन्तीको अवसरमा विद्यालयले स्वर्ण जयन्ती स्तम्भ निर्माण अभियान पनि सुरु गरेको छ । पत्रकार सम्मेलनमा स्वर्ण जयन्तीको लोगो अंकित टी–सर्ट सार्वजनिक गरिएको थियो । पत्रकार सम्मेलनमा विद्यालय भूपू विद्यार्थी संगठनका अध्यक्ष ठाकुरप्रसाद शर्मा, काठमाडौं महानगरपालिकाका प्रतिनिधि महेश काफ्लेलगायतको उपस्थिति थियो । (सौस)

प्रतिक्रिया