हिम्सको अभिभावक दिवस

hims copyकाठमाडौं । राजधानीको जोरपाटीस्थित नारायणटारमा अवस्थित हिम्स स्कुलले आफ्नो २१औँ अभिभावक दिवस मनाएको छ । विद्यालयमा आयोजित अभिभावक दिवसका क्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर विविधताको बीचमा एकताको सन्देश दिएका थिए ।

विद्यालयको अभिभावक दिवसमा उपस्थित उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्माले विद्यार्थी र शिक्षकहरू अनुशासन, लगनशीलता र समर्पणमा केन्द्रित भएमा शैक्षिक उपलब्धि हासिल हुनसक्ने बताए । उनले भने, ‘अनुशासनमा अडिन सके हामी सँधै सफल हुन्छौँ ।’

अभिभावक दिवसका अवसरमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्र्थीहरूले मारुती नाच, कौडा नाच, नेवारी नाच तथा एकताको सन्देश दिने बोलका गीतहरू प्रस्तुत गरेका थिए । ‘भावनाको पूmल टिपी, एकताको माला बुनी’ जस्ता गीत प्रस्तुत गरेर विद्यार्थीहरूले कार्यक्रमको रौनक बढाएका थिए । त्यस्तै नर्सरीमा अध्ययनरत कलिला बालवालिकाहरूले बालगीत प्रस्तुत गरेका थिए । (सौस)

प्रतिक्रिया