अपांगता मैत्रीे नरेन्द्र

naren tamang copyकाठमाडौं, १९ पुस । नुवाकोट जिल्लाको ककनी–४ मा लेकक्षेत्रमा उर्लंदो जाडो याममा कसलाई थाहा हुन्छ र कुन बेला हिउँ वर्षन्छ थाप्लोमा । त्यही जाडोको याममा पीडा दुःख आर्तनाद स्वरहरूले चिच्याउँदै ०४८ सालमा नरेन्द्र तामाङ (थिङ)को जन्म भयो । सानो मिहिन स्वर अदृश्य र निष्प्रभावी आवाज त्यही स्वर लिएर आमाको न्यानो काखमा आएका नरेन्द्र जन्मँदै अपांगताको भारी बोकेर आए । अपांग भए पनि उनी कसैको बोझ बन्न भने चाहेनन् । त्यसैले उनी नाममा अपांग भए पनि काममा सपांग भएर काम गर्न थाले तर त्यो समाज र समुदायले उनी भित्रको त्यो परिचय स्थापित गरेन त्यो बेला । उनलाई चिनाउन निकै सकस झेल्नु प¥यो उनको भोगाइमा । उनी भन्छन्, ‘अपांगता मेरो दोष होइन तर मलाई त्यो समाजले दोषी देखाएभैmँ गरिरहन्थ्यो ।’

नुवाकोट राजधानीसँग जोडिएको जिल्ला, जुन जिल्लामा जन्मिएका नरेन्द्र आपैmँमा अपांग हुन । तथापि, उनीमा अपांगताको कुनै लक्षण छैन मानसिक रूपमा । उनी सबैसँग सपांगित कुरा गर्छन । सबैसँग उनले गर्ने व्यवहार पनि त्यस्तै देखिन्छ । उनले गरेका कामहरूले पनि उनी कुनै सपांगभन्दा कम छैनन् । अरू अपांगहरूलाई निरन्तर सहयोग सद्भाव र प्रेरणा बाँडिरहने उनी अहिले समाजसेवी नरेन्द्रको रूपमा स्थापित हुने क्रममा छन् । उनले नुवाकोटको हरेक गाउँ टोलमा गएर अपांगतालाई बुझेका छन् । हाल राष्ट्रिय अपांग महासंघको सदस्यसमेत रहेका उनले नुवाकोटमा अपांग हितको पक्षमा निकै उल्लेख्यनीय कामहरू गरेका छन् ।

नु्वाकोट जिल्लामा अपांगता भएका व्यक्तिहरूको खोजी गर्ने र संस्था बनाउने कुरामा उनको निकै ठूलो योगदान रहेको छ । त्यसो त उनी त्यहाँस्थित अपांग संघको संस्थापक अध्यक्ष पनि हुन् । त्यही बाटोले अहिले उनलाई अपांगता भएका मानिसले समेत सपांगभन्दा राम्रो जीवन चलाउन सकिन्छ भन्ने विषयको नमुना बनेका छन् । हाल अपांग अधिकारको पक्षमा प्रखर अभियान्ताका रूपमा अगाडि बढिरहेका नरेन्द्रले जिल्लामा संस्था निर्माण गरेर सबै अपांगहरूको निम्ती निकै उदाहरणीय कामसमेत गरेका छन् । उनले संस्था स्थापना गरेर जिल्लाका फरक क्षमता भएका व्यक्तिहरूका लागि विभिन्न किसिमका तालिमसमेत सञ्चालन गरेका छन् । उनले तालिमका लागि राज्यको विभिन्न निकायलाई गुहारेर भए पनि तालिम चलाएपछि स्व रोजगारमा लागेका अपांगता भएका व्यक्तिहरू खुसीसाथ जीवन चलाइरहेको देख्दा गौरबान्वित बनेको बताए । उनले भने, अपांग भनेर हिनताबोध पालेर बसेकाहरूले आफ्नो गुजारा चलाउन सक्ने भएको देख्दा खुसी लाग्छ ।’

जिल्लाको अपांग संघको नेता भइसकेका लामालाई नुवाकोटका मात्र नगरिकले चिन्ने होइन राज्यले चिन्ने काममा समेत लागिपरेका छन् । उनीसँग अथाह प्रतिभा रहेको छ । उनले भने, ‘स्वभाविक छ, कामले मानिस चिनिन्छ ।’ बाल्यकालमा हेपिएर बसेका नरेन्द्र अहिले सबैसामु चिनिने काम गरेपछि बाल्यकालमा चलेखेल र माटोप्रतिको वफादारिता नभुल्ने एक युवा जोश भएका व्यक्तिका रूपमा परिचय बनाउन सफल छन् । उसो त उनीसँग सहास पनि छ । सँगै संघर्षको तागत पनि । त्यही तागतले अहिलेसम्म सबै दुःख ताँती लगाएर पन्छाउने तागत राख्ने युवा अपांगता भएका लामासँग भएको त्याग र तपस्या छिनभर भन्ने हुँदै हुन्न ।

नुवाकोटको दर गाउँमा खेलेका उनी शारीरिक रूपमा अपांग भए पनि सामाजिक काममा दरिलो रूपमा उभिने पात्र बनेका छन् । उनले नेपालको संविधान बने पनि यो संविधान अपांगमैत्री बनेन भन्ने मत राख्छन् । ‘कम्तीमा यो संविधानले एउटा अपांग आयोग बनाउने प्रवाधान राख्नुपथ्र्यो’ उनले भने । उनले समेट्नु पर्ने विचार नसमेटिँदा देशसँगै नागरिकले बेहोरेको पीडाप्रति दुःखित लामाले देशभन्दा पराई ठूलो नहुने बताए । उनले आपूmजस्तो अपांगताको सिकार सबैलाई ‘दुःख त भोग्ने भोगी सकियो बाँकी के छ र ?’ भन्दै भने हामी दुखिया कर्मले होइन मन र भावनाले बनेको बताएका छन् । उनले आपूm जस्तै दुःखमा भए पनि रमाउने वातावरण सरकारले बनाइदिए राष्ट्रियता संगालिने आशा गरे ।

narendra

संविधानमा अपांग आयोग बनाउने कुरामा राज्यले ध्यान नपु¥याएकोमा दुःख व्यक्त गर्दैै उनले अपांगमैत्री संविधान नबनेको भए पनि अपांग मैत्री कानुन बनाउने कुरामा राजनीतिकदल जिम्मेवार भएर अगाडि बढ्नुपर्ने बताउँछन् । उनले भने, राज्यले संविधानमा उल्लेख गर्न सकेन, किन पहिलो प्रश्न छ । तर, कानुन बनाउँदा सम्बोधन हुन्छ कि हुन्न ? पर्खेर हेर्नु छ ।’ भनेका छन् ।

उनले बाल्यकालदेखि अपांगताले गर्दा बेहोरेको पीडालाई स्मरण गर्दै भने, देख्नु जति सजिलो छ, भाग्नु कति अप्ठ्यारो हुन्छ स्वयं अपांगता भएकालै हुन्छ’ भनेका छन् । मानसिक रूपमा सपांग भए पनि शारीरिक रूपमा भएको सपांगतालाई राज्यले मूल्यांकन नगरेको उनको आरोप छ । उनले भने, शारीरिक रूपमा अपांग हुनु एउटा कुरा तर समाजले जबर्जस्ती अपांग बनाउनु चाहीँ दोस्रो कुरा हो ।’

प्रतिक्रिया