शताब्दीभन्दा बढी चर्चामा

Oscar_Wilde_(1854-1900),_by_Hills_&_Saunders,_Rugby_&_Oxford_3_april_1876अस्कल फिङल वाइल्ड आइरिस उपन्यासकार, नाटककार तथा निबन्धकार हुन् । साहित्यमा अत्यन्त सक्रिय यी व्यक्ति सन् १८९० मा लन्डनमा सबैभन्दा लोकप्रिय नाटककारको रूपमा रहेका थिए । ‘इपिग्राम’ उपन्यास र नाटक ‘पिक्चर अप डोरन ग्रे’ अत्यन्त चर्चामा रहेका थिए । उनका अभिभावक त्यसबेलाका वौद्धिक व्यक्तिका रूपमा परिचित थिए । उनी सानैदेखि अंग्रेजी, जर्मनी र फ्रेन्च भाषामा पनि पोख्त भए । वाल्टर पेटन र जन रस्किनको शिक्षा पाएपछि उनी पनि दार्शनिकको रूपमा छबी बनाउन सफल भए ।

विश्व विद्यालयको अध्ययनपछि उनी विभिन्न साहित्यिक र सांस्कृतिक गतिविधिमा सक्रिय रहे । उनले कबिताको पुस्तक प्रकाशन गरेपछि अमेरिका र क्यानाडामा पुगेर पनि आफ्नो विचारलाई अघि बढाइ राखे । लन्डन फर्केपछि पत्रकारितामा सक्रिय वाइल्ड त्यो समयमा लन्डनमा नाम चलेको पत्रकारको रूपमा रहेका थिए । सन् १८९० मा ‘द पिक्चर अफ डोरियन ग्रे’ सफल भएपछि उनले अर्को वर्ष फ्रान्सेली भाषामा सालोम लेखे ।

उनले सामाजिक विषयमा केन्द्रित रहँदै ४ कमेडी लेखे । यसले उनलाई चर्चित नाटककारको रूपमा परिचित गरायो । सन् १८९५ मा ‘द इम्पोर्टेन्स अफ बिइङ अर्नेस्ट’ मञ्चन भए पछि उनलाई २ वर्ष जेल सजाय सुनाइयो । जेलमै रहँदा उनले अर्को नाटक ‘डे प्रोफन्ड्स’ लेखे । यो पुस्तक सन् १९०५ मा मात्र प्रकाशित भयो । जेलबाट मुक्त भएपछि फ्रान्स पुगेका उनी कहिले पनि बेलायत फर्केनन् । ‘द ब्यालेड अप रिलिङ गाओ’ उनले जेलमा लेखेको अत्यन्त चर्चित पुस्तक हो ।

यी होनहार साहित्यकार ३ नाभेम्बर १९०० मा ४६ वर्षको उमेरै संसारबाट बिदा भए । यस बीचमा थुप्रै आरोह र तनाव पनि भोगे । सुरुआतदेखि प्रेममा असफलता उनको जीवनको एउटा पाटो बन्यो । बाल्यकालमा प्रेम गरेकी फ्लोरेन्स ब्याकोम्बेसँग युवा अवस्थामा फेरी भेट भयो । तर, उनले दोह¥याएर भेट्दा पनि उनको प्रेम सफल भएन । ब्याकोम्बेले अन्तै विवाह गरिन् ।

उनले युवा अवस्थामा त्रिनिटी कलेज र अक्सफोर्डमा अध्ययन गर्दा त्यही साहित्यिक रचनामा आपूmलाई सक्रिय राखेका थिए । सुरुआतदेखि आफ्नो रचनाले लोकप्रियता पाउँदापाउँदै उनी सन् १९८२ मा अमेरिका पुगेका हुन् । अमेरिकामा प्रवचनका लागि पुगेका उनी त्यहाँ पनि अत्यन्त लोकप्रिय वक्ताको छबी बनाउन सफल भए ।

अमेरिकामा सोचेकोभन्दा बढी कमाइ गरेर उनी लन्डन फर्किए । त्यहाँ उनको नाटक ‘इभा इम्प्रेटिक्स’ले उनलाई चर्चाको शिखरमा पु¥यायो । यो नाटक शासकहरूको उदय र पतनको विषयमा केन्द्रित थियो । लन्डन फर्किएपछि उनले कस्न्सटाइन्ट लायडसँग प्रेम प्रस्ताव राखे । सन् १९८४ मा यिनीहरूको विवाह भयो । २५ नोभेम्बरका दिन अस्वस्थ रहेका वाइल्ड चर्चमा लगिए । चर्चमा रहेकै समयमा ३० नोभेम्बरमा उनको निधन भयो । उनको निधनपछि उनको जीवनको महत्वपूर्ण घटनाक्रम, नाटक उपन्यास र दर्शन शताब्दीभन्दा बढी समय चर्चामा रहेको छ ।

प्रतिक्रिया