वर्ष २०१५ मा खेलकुद

September 12, 2015 - Flavia Pennetta celebrates after defeating Roberta Vinci (not pictured) in a women's singles final match during the 2015 US Open at the USTA Billie Jean King National Tennis Center in Flushing, NY. (USTA/Ned Dishman)

वर्ष २०१५ हामीबाट बिदा भएको छ । सदा झै यो वर्ष पनि विश्व खेलकुदमा केही नयाँ इतिहास कायम भए । केही नयाँ शक्ति स्थापित भए । केही पुराना शक्ति विलिन भए । विश्व खेलकुदमा महत्वपूर्ण अर्थ बोक्ने एथलेटिक्स र पौडीका विश्व च्याम्पियनसीप यसै वर्ष सम्पन्न भए । अन्य महत्वपूर्ण खेलकुदको रूपमा रग्वीको विश्व च्याम्पियनसिप पनि यसै वर्ष भयो । वर्ष भरी राष्ट्रिय टोली सक्रिय रहने खेल क्रिकेटमा केही फरकपन देखियो । फुटबलको हकमा विश्व फुटबलको सर्वाेच्च निकायको यो वर्ष भएको साधारणसभा विशेष चर्चामा रह्यो । सेफ ब्लाटरको लामो समयको नेतृत्वलाई निरन्तरता दिए पनि अन्तर्राष्ट्रिय प्रहरी निकायबाटै फुटबलमा देखिएको भ्रष्टाचारको बारे चासो लिइन थालेपछि यो विश्व खेलकुदको चर्चाको घटना भयो ।

यो वर्ष फिफाको साधारणसभाले सेफ ब्लाटरलाई अध्यक्षमा चयन ग¥यो । युरोपेली र अमेरिकी राष्ट्रको विरोधको बाबजुद अध्यक्षमा निर्वाचित भएका ब्लाटर पदमा निर्वाचित भएदेखि विवादको सामना गर्नुप¥यो । ब्लाटरले पद त्याग्ने घोषणा गरेपछि केही दिन पछि नै फिफा अध्यक्षको निर्वाचन हुने भएको छ । विभिन्न व्यक्तिले उम्मेदवारीको घोषणा गरिसकेका छन् । जहाँसम्म फुटबलमा भएको प्रदर्शनको कुरा छ, यो वर्ष विगत ७ वर्ष झै लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो छाइ नै रहे । यिनीहरूसँगै नेइमार पनि प्रभावशाली रहे ।

वर्ष २०१५ अमेरिकी खेलकुदका लागि सबैभन्दा सोचनिय विषय बनेर देखियो । एथलेटिक्स र पौडी दुवै खेलको विश्व च्याम्पियनसीपमा देखिएको खस्किँदो स्तरले अमेरिकालाई नराम्ररी झस्कायो । चीनको बेइजिङमा भएको एथलेटिक्सको विश्व च्याम्पियनससीपमा जमैकालाई प्रतिस्थापन गर्दै स्प्रन्टको पहिलो शक्ति बन्ने योजना १ सय मिटर दौडमा युसेन बोल्टको पुनगरागमनसँगै छताछुल्ल भयो । यो वर्षको खेलकुदकै सबैभन्दा प्रतिक्षित स्पर्धा विश्व च्याम्पियनसीपको १ सय मिटर दौडको फाइनलमा पहिलो ५० मिटर अघि भए पनि अमेरिकी धामव जस्टिन ग्यालटिन स्वर्ण जित्न असफल रहे । फिनिसिङमा उत्कृष्ट रहेको युसेन बोल्टले ग्याटलिनलाई पछि पारी छाडे । ग्याटलिनले सेमिफाइनलमा कायम गरेको समय फाइनलमा पनि यथावत राख्न सकेको भए उपाधि उनकै हुने थियो । स्प्रिन्टमा ४ सय मिटरमा एलिसन फेलिक्सले जितेको स्वर्णले मात्र अमेरिकाको शाख अलिकति भए पनि राख्यो । विश्व च्याम्पियनसिपमा मध्यमदुरीमा प्रभाव जमाएकै कारण केन्या पहिलो भएर नै छाड्यो ।

रुसको काजानमा भएको फिना पौडी च्याम्पियनसिपको पौडीको डिसिप्लेनमा अमेरिका पहिलो त भयो । तर, दुई दशकभन्दा पछि सबैभन्दा खराब प्रदर्शनको रूपमा अमेरिकाका लागि यो वर्षको विश्व च्याम्पियनसिप रह्यो । केटी लेडेक्कीको रूपमा फ्रिस्टाइल क्विनको उदयले मात्र अमेरिकाको पहिलो स्थान सुरक्षित रहन पुग्यो । यसै विश्व च्याम्पियनसिपमा बेलायती टोली बलियो बनेर देखा प¥यो । पुरुषको प्रिन्ट स्पर्धामा फ्रान्स र दक्षिण अफ्रिका नयाँ शक्तिको रूपमा उदाए । बेलायतका पेटी एडम्सको उदय यो वर्षको विश्व पौडी च्याम्पियनसिपको महत्वपूर्ण पाटो बन्यो ।

Ethiopia's second placed Senbere Teferi and her compatriots first placed Almaz Ayana and third placed Genzebe Dibaba (L-R) pose during the medals ceremony after the women's 5000 metres race at the 15th IAAF World Championships at the National Stadium in Beijing, China, August 30, 2015.    REUTERS/Kim Kyung-Hoon

स्विडेनकी स्टरजोम यो वर्ष हेर्न लायक खेलाडी बनिन् । ब्याकस्ट्रोकमा अमेरिकी स्टार रेबेका सोनीको असफलता सर्वाधिक चर्चाको विषय बन्यो । कार्बाहीमा परेर विश्व च्याम्पियनसिप गुमाएका पौडी स्टार माइकल फ्लेप्सले आफू फेरी अर्को वर्ष रियो द जेनरियोमा हुने ओलम्पिकमा प्रतिस्पर्धा गर्ने र त्यसका लागि कठोर मिहेनत गर्ने प्रतिबद्धता जनाए । उनको आगमनको अमेरिकी वृत्त प्रतीक्षा गरेर बस्न बाध्य भयो ।

यो खराब प्रदर्शनका बाबजुद अमेरिकी पौडी टोलीका निर्देशकले रियोमा हुने ओलम्पिकमा अमेरिका पुरानै लयमा फर्कने विश्वास व्यक्त गरेका छन् । लेडेक्कीकै नेतृत्वमा अमेरिकी पौडी पुरानै फर्ममा फर्कने सक्ने अनुमान भने धेरैको छ । साथै मेसी फ्रान्कलिन पुरानो पर्ममा फर्के सबै ठीक हुने अमेरिकी वृत्तको छ ।

जहाँसम्म क्रिकेटको कुरा छ, टेस्ट क्रिकेटमा स्टेभन स्मिथको सनसनीपूर्ण प्रदर्शन यो वर्षको क्रिकेटको चर्चाको विषय बन्यो । उनी वर्षको क्रिकेटर पनि घोषित भए ।

टेनिसको ४ ग्रान्डस्लाम मध्ये नोभाक जाकोभिकले ३ मा उपाधि जिते । उनी फ्रेन्च ओपनमा मात्र असफल रहे । अन्य स्पर्धाको हकमा फ्रेन्च ओपन स्टानिलास वारिनकाले जिते । महिलातर्फ सेरेना विलियम्सले अस्ट्रेलियन ओपन र फ्रेन्च ओपन जितिन् । अन्य दुई ग्रान्डस्लाममा पेट्रा किभिट्कोभाले विम्बल्डन तथा फाबियो पेनेटाले युएस ओपनको उपाध जितिन् । पेनेटाले उपाधिसँगै सन्याषको घोषणा समेत गरिन् ।

प्रतिक्रिया