फिल्म रिलिज नहुँदै ‘बागमती’को सिक्वेल घोषणा

bagmatiकाठमाडौं । चलचित्र ‘बागमती’को रिलिज मिति नजिकिदैं गर्दा निर्माण पक्षले फिल्मको दोस्रो सिक्वेल घोषणा गरेको छ ।

फिल्मका निर्माता मध्यका एक दिनेश दर्शनधारीले फिल्मको व्यापारिक नतिजा जस्तोसुकै आए पनि फिल्मको सिक्वेल ‘बागमती–२’ जसरी बनाएरै छोड्ने बताए । दर्शनधारीले उनीहरूले ‘बागमती २’को एक पोस्टर पनि सार्वजनिक गरेका छन् । पोस्टरमा राजेश हमाल र शिव श्रेष्ठ फिचर भएका छन् ।

फिल्मको सिक्वेलमा राजेश हमाल र शिव श्रेष्ठले खेल्ने पक्का भएको पनि बताएका छन् । फिल्ममा अनमोल केसी र भुवन केसी रहने सम्भावना रहेको निर्माण पक्षले जनाएको छ । निर्माता दर्शनधारीका अनुसार फिल्ममा दुबैजना अनुबन्धित भइनसकेको र फिल्मका निर्देशक सन्नी केरला आएपछि त्यसको टुंगो लाग्ने बताए ।

फिल्म फागुनबाट फ्लोरमा जाने तयारीमा छ । फिल्ममा यसअघि सम्पूर्ण उपकरण सहित दक्षिण भारतीय प्राविधिकले काम गरेको भएता पनि सिक्वेलमा नेपाली प्राविधिक र उपकरण प्रयोग गरने बताए । फिल्मको पोस्ट प्रोडक्सन भने भारतमा नै हुनेछ । ‘बागमती’ भने २४ पुसबाट देशव्यापी रूपमा प्रदर्शन हुँदैछ । (सौस)

प्रतिक्रिया