पटियाला, पर्सा र काठमाडौंपछि पालो न्योयोर्क

rajesh 1 copyनेपालको राष्ट्रिय टोलीमा आपैmँले उत्पादन गरेका खेलाडीको अत्यधिक प्रभाव । अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि तीनै खेलाडीको प्रभाव । जुडो संघको सचिवालयको सबैभन्दा प्रभावकारी व्यक्तित्व । प्रायः प्रतियोगितामा टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारी । नेपाली जुडोमा यसरी छाएका व्यक्तित्व राजेश कर्माचार्य नेपालबाट एकाएक अमेरिका पुगे । अन्य आम नेपालीले भैm नेपालको गरिबीलाई दोष दिएनन् । उनले आफ्नो अमेरिका बसाइको क्रममा प्रष्ट सोच बनाए । संसारकै होनहार व्यक्तिको जमघट हुने स्थानमा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउने ।

दुइ वर्षअघि हो, उनी अमेरिका पुगेको । अमेरिका पुगेपछि त्यहाँ पनि उनले संघर्ष गरे । संघर्षको कारण एउटै थियो ‘अमेरिकाको समृद्ध मात्र उनको त्यहाँ प्रवेशको कारण थिएन । त्यहाँ पनि जुडोमा आफूलाई स्थापित गर्ने उनको लक्ष्य थियो । सुरुमा ४ महिना प्रशासनिक कुरा मिलाउने र त्यसको लगत्तै जुडोको सम्भावनाको खोजी गर्ने उनको योजनाले ४ महिना पछि सार्थक रूप लियो ।

अमेरिका पुगेको केही महिनापछि मात्र उनले क्लबमा काम सुरु गर्न थालेका हुन् । अन्तर्राष्ट्रिय प्रशिक्षक र अन्तर्राष्ट्रिय निर्णायक दुवैको हैसियत बनाएका राजेशले सुरुमा न्युयोर्कमा जुडो रेफ्रीको काम सुरु गरे । सामान्य प्रतियोगिता हुँदै उनी अहिले न्युयोर्कमा हुने जुडोका अन्तर्राष्ट्रिय प्रतियोगितामा नछुट्ने नाम बनेका छन् । सायद अमेरिकामा हुने जुडोको अन्य व्यावसायिक प्रतियोगितामा पनि त्यहाको जुडोले राजेशको आवश्यकता महसुस गर्नेछ ।

जुडोका यी होनहार प्रतिभाको उदय कम मिहिनेतले भएको होइन । खेलाडी जीवन त्यत्ति चर्चा गर्नैपर्ने थिएन, राजेशको । धनुषाका उनी कम उमेरमै एनआइएस कोर्ष गर्न भारत पटियाला पुगे । पटियालामा उनी अहिले पनि नेपाली मध्येका सबैभन्दा धेरै स्कोर गर्ने नेपालीको रूपमा रहे । त्यसपछि नेपाल फर्किएका राजेश राष्ट्रिय खेलकुद परिषद्को जागिरे भए । सहायक प्रशिक्षकको रूपमा राखेपमा रहेका उनको दरबन्दी रह्यो, पर्सा जिल्लामा । जहाँ उनी एकदम नयाँ थिए । संयोग पर्सामा जुडो खेल्ने चलन पनि थिएन । उनले घरघरमा गएर जुडो खेल्ने मान्छे खोज्न थालेका थिए । तर, उनको मिहेनतको प्रतिफल केही वर्षमा नै देखियो । केही वर्षमा राष्ट्रिय च्याम्पियन मात्र होइन, पर्सा जुडो सुपर पावरको रूपमा नेपालीका माझ चीनीन थाल् । पर्सा खेलकुदमा चासो राख्ने धेरैका लागि आदर्श पुरुष बने । ६० को दशकको उतराद्र्ध नेपाली जुडोमा नयाँ परिवर्तन भयो ।

राजेश आइपुगे, काठमाडौंमा । उनको आमगनसँगै शक्तिकेन्द्र पर्सामा जुडो खेलाडी उत्पादनको क्रम रोकियो । उनी व्यस्त रहे, सचिवालय, प्रतियोगिता निर्देशकको भूमिका र जुडोको बारे थप अध्ययनमै । त्यो अध्ययनसँगै महत्वकांक्षा पनि चुलियो । नयाँ अवसरको खोजी गर्न थाले । यसैक्रममा फिनल्यान्डमा भएको अन्तर्राष्ट्रिय सेमिनारमा उनले प्रशिक्षण दिने अवसर पाए । यसले उनमा थप आत्मविश्वास पलायो । ‘मेरो क्षमतालाई अन्तर्राष्ट्रिय जुडो समुदायले पनि एकदिन पहिचान गर्नेछ ।’ यसै आत्मविश्वासमा साथ उनी हानिए अमेरिकामा । अमेरिकाको न्युयोर्क त्यही ठाउँ जहाँ आफ्नो भूभागमा उत्कृष्ट ठहरिएकाहरू सामान्य जीवन बिताउँछन् । राजेशलाई भने आफ्नै क्षमतामा विश्वास थियो । उनी जुडोमा सम्भावनाको खोजी गर्न थाले । एउटा जुडो क्लबमा पुगे । केही समयपछि आपैmँले क्लब खोलेका छन्, युएस नेपाल जुडो क्लबको रूपमा । त्यसपछि उनले रेफ्रीको जिम्मेवारी पाउन थाले । उनको परफरमेन्सले अमेरिकी जुडोमा आबद्ध धेरैलाई आकर्षित ग¥यो । लगातार प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्दै गए । न्युयोर्कमा हुने कुनै पनि स्तरको प्रतियोगितामा राजेश कर्माचार्य खोजीको नाम हुन थालेको छ । तर, उनको महत्वाकांक्षा अझ चुलिएको छ ।

rajesh2अमेरिकामा सामान्य जीवन बिताउने नभई त्यहाँको जुडोमा स्थापित हुने उनको योजना हो । यसका लागि उनले एउटा आत्मविश्वास लिएका छन्, उनको क्लब र त्यहाँ सिकेका खेलाडी त्यहा स्थापित गराउने । अमेरिकाको राष्ट्रिय टोलीबाट खेल्ने हैसियत बनाउने । उनी अहिले पनि आपैmँ दैनिक अध्ययनमै धेरै बिताउँछन् । जुडो अध्ययन, प्रशिक्षण र जुडो खेल सञ्चालन उनको प्रस्ट लक्ष्य उनको क्लब पायनियर बनाउने र अमेरिकी जुडोको माथिल्लो उचाइमा आपूmलाई पु¥याउने । अस्वभाविक क्षमताका बाबजुद नेपालमा सहायक प्रशिक्षकभन्दा बढीको जिम्मेवारी नपाएका रजेश एउटा कुरामा सहमत छन्, ‘नेपालमा क्षमता पुष्टि गरेर नपुग्न सक्छ । अमेरिकामा क्षमता पुष्टि गर्नुपर्छ । यसपछि अवसरहरूले आपैmँलाई पछ्याउँछ ।’ उनी आउने अवसरलाई उपयोग गर्दै एउटै कुरा पुष्टि गर्न ध्याउन्नमा छन् । ‘एउटा नेपाली संसारमा श्रेष्ठहरूको जमघट अमेरिकामा श्रेष्ठताकै होडबाजी गरिरहेछ ।’

प्रतिक्रिया