साइपलको दुवै टोली सेमिफाइनलमा

काठमाडौं । साइपल एकेडेमीको ‘ए’ र ‘बी’ दुवै टिम प्रथम आइडियल कप अन्तरकलेज सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

चाबहिलको गणेशथानमा भएको क्वाटरफाइनलमा साइपाल ‘ए’ ले नासा इन्टरनेसनल कलेजलाई ३–० गोलले पराजित ग¥यो । जितमा उजन तामाङले २ तथा सुशन श्रेष्ठले १ गोल योगदान गरे । उमन बुढाथोकीको निर्णायक गोल मद्दतले साइपाल ‘बी’ ले मोर्गन इन्टरनेसनल कलेजलाई १–० गोलले हरायो ।

आइडियल इंग्लिस उमाविद्वारा आयोजित प्रतियोगितामा पेन्टागन र विट्स पनि सेमिफाइनलमा पुग्न सफल भए ।

पेन्टागनले आयोजक आइडियल ‘ए’ लाई टाइब्रेकरमा २–१ गोलले पाखा लगायो । पेन्टागनका राजन तामाङ र रोस्टरलले गोल गरे । आइडियलबाट सन्जिव श्रेष्ठ मात्र गोल गर्न सफल भए । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । विट्सले पनि आयोजकलाई नै निराश पा¥यो । आइडियल ‘बी’ विरुद्धको अन्तिम क्वाटरफाइनलमा विट्स १–० को झीनो गोलअन्तरले विजयी भयो । विट्सका विकेश तामाङले निर्णायक गोल गरे ।

सेमिफाइनलमा पेन्टागनको भेट साइपाल ‘बी’ संग हुनेछ भने विट्सले साइपाल ‘ए’ को सामना गर्नेछ । दुवै खेल सोमबार हुनेछ । (सौस)

प्रतिक्रिया