दश हात्ती तेस्रो चरणमा प्रवेश

xfQLn] o;/L v]N5 k'm6an lrtjgsf] ;f}/fxfdf hf/L xfQL dxf]T;jdf cfOtaf/ k'm6an v]Nb} xfQLsf 5fjf . tl:a/ M gf/fo0f 9'+ufgf ,/Tggu/-lrtjg_, /f;;

चितवन । चितवनको रत्ननगरस्थित सौराहामा जारी हात्ती महोत्सवअन्तर्गत हात्ती फास्टवाकको आइतबार सम्पन्न दोस्रो चरणका खेलबाट १० हात्ती तेस्रो चरणमा प्रवेश गरेका छन् । आइतबारको २ चरणमा खेलाइएको खेलमा प्रत्येक समूहबाट १÷१ हात्ती बाहिरिएका हुन् । सहभागी १२ हात्तीमध्ये पूजाकली र इच्छाकली बाहिरिएका थिए । खेलको समूह ‘ए’बाट रानीमायाकली, जूनकली, एलिसाकली, एकताकली ‘ए’ र ‘बी’ छनोटमा परे ।

यस्तै समूह ‘बी’बाट रुक्सीकली, ब्युटीकली, अप्पुकली, पूजा र जानकीकली तेस्रो चरणमा प्रवेश गरेका छन् । सोमबार उनीहरूबीच प्रतिपस्र्धा गराइनेछ । पहिलो गाडा दौडमा सहभागी १५ गाडामध्ये ९ वटा गाडा दोस्रो चरणमा प्रवेश गरेका छन् । १२ वटा टाँगामध्ये छ वटा टाँगा दोस्रो चरणमा प्रवेश गरेका छन् ।
हात्ती महोत्सवअन्र्तगत सोेमबार हात्ती फास्टवाकसहित गाडा, टाँगा दौडका बाँकी खेल हुनेछन् । हात्ती पिकनिक र डुंगा दौड हुनेछ । सोमबारबाटै हात्ती सुन्दरी प्रतियोगितासमेत सुरु हुँदै छ । हात्ती महोत्सव यही १५ गतेसम्म चल्नेछ । (सौस)

प्रतिक्रिया