पहिरोमा तीन मात्र फसेको दाबी

याङ्गुन । उत्तरी म्यानमारअमा अवस्थित जडे खानीमा गएको पहिरोमा केही व्यक्ति मात्र फसेका उद्धार अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । करिब ५० जना सो पहिरो फसेका छन्, भन्ने स्थानीय बासिन्दाहरूको भनाई गलत भएको दावी उद्धारकर्ताहरूको छ् । गत महिना पनि सोही इलाकामा गएको पहिरोमा परी एकसय भन्दा व्यक्तिको मृत्यु भएको थियो ।

यसैगरी हाल खानीमा गएको पहिरोमा पनि दजनौ व्यक्ति पुरिएको स्थानीय बासिन्दाले अनुमान गरेका हुन । उद्धारकार्यमा सम्लग्न अधिकारीहरूले भने यस पहिरोमा केही व्यक्ति मात्र बेपत्ता भएका जनाएका छन् । यद्यपि उद्धार अधिकारीहरूले हालसम्म कुनै पनि व्यक्तिलाई उद्धार भने गरिएको छैन् ।

सो खानी उक्त समयमा डियुटी भएका एक प्रहरी अधिकृतले भने पहिरोमा परी तीन व्यक्ति मात्र बेपत्ता भएका जानकारी गराइएको छ । ( एजेन्सी)

प्रतिक्रिया