राष्ट्रपतिले पशुपतिमा पूजा गर्ने

Bidhya-Bhandari-e1445851216856काठमाडौं, १० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र कल्याणको कामना गर्दै वर्तमान संकटलाई मोचन गर्न १३ पुस बिहान ९ः३० बजे पशुपतिनाथको मन्दिरमा विशेष पूजा गर्ने भएकी छन् । हाल मुलुकमा भइरहेको संकटमुक्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले राष्ट्र कल्याणको संकल्पले विशेष पूजा गर्ने कार्यक्रम तय भएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले बताएका छन् ।

उनले भने, ‘राष्ट्रपति भण्डारीले पञ्चामृत र अभिषेकसहित राष्ट्र कल्याणको कामनाका लागि संकल्प गरी विशेष पूजा गर्नुहुनेछ, बिहान ९ः३० बजे पशुपतिनाथको मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी मूल मन्दिर र वासुकीनाथ मन्दिरमा पनि विशेष पूजाको कार्यक्रम तय भएको छ ।’

राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर परिसरमा पुगेपछि नेपाल वेद विद्याश्रमका वटुकले स्वस्तिवाचन र स्थानीयवासीले धिमेबाजा एवम् बाँसुरी वादनले स्वागत गर्ने कार्यक्रम छ । राष्ट्रपति निर्वा्चित भएपछि भण्डारीको यो पहिलो पटक पशुपतिनाथमा पूजा एवम् दर्शनका लागि जान लागेकी हुन् ।

प्रतिक्रिया