मह जोडीको वेबसाइड

maha jodi=proof copyकाठमाडौं । हास्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको आधिकारिक वेवसाइड (महजोडी डटकम डट एनपी) सञ्चालनमा आएको छ ।

यस वेवसाइडबाट संग्रहित भएका महजोडीका गतिविधिहरू सहज रूपमा हेर्न सकिनेछ । वेबसाइडका माध्यमले महका प्रशंसक तथा खोजअनुसन्धातालाई महका सम्पूर्ण गतिविधि खोज्न सजिलो हुने विश्वास लिइएको छ । वेबसाइडले कलाकार र दर्शकबीचको दुरीलाई कम गर्ने समेत विश्वास लिइएको छ । हाल सिडी÷डिभिडी बिक्न छाडेकाले कलाकारहरूले पछिल्लो समय सामाजिक सञ्जाललाई नै आयको स्रोत मानेजस्तै महले पनि यस वेबसाइडलाई व्यावसायिक वेबसाइड बनाउने जनाइएको छ । (सौस)

प्रतिक्रिया