दीपिकासँग नजिकिँदा क्याट्रिनासँग खटपट

deepika-ranbir-katrinaमुम्बई, २ पुस । ‘तमाशा’ मा सँगै काम गरेपछि रणवीर कपुर र दीपिका पादुकोण बीचको सम्बन्ध ह्वात्तै नजिकिएको छ । त्यसो त, ब्रेकअपपछि तमाशा नै उनीहरूले काम गरेको पहिलो फिल्म होइन । तर, रणवीरकी प्रेमिकालाई चिढ्याउने माध्यम तमाशा नै बन्न पुग्यो ।

दीपिकाले कहिले मेरो अनुमतिमा मात्र रणवीरले बिहे गर्छन् भन्दा होस् या कार्यक्रममा सँगै देखिँदा होस् । दीपिकाको मनबाट रणवीर अझै हटेका छैनन् भन्ने प्रष्ट हुन्छ । ब्रेकअपपछि ‘ए जवानी है दिवानी’ र ‘तमाशा’ मा उनीहरूको केमेस्ट्रि यति मिल्यो कि फ्यानहरूले समेत रणवीर र दीपिकाको पुनर्मिलन होस् भन्ने कामना गरे ।

तमाशासँगै यी २ नजिकिँदा रणवीर र क्याट्रिनाबीच खटपट बढेको सुन्न थालिएको छ । ‘बलिउड पापाराजी’ हरूका अनुसार यी २ बीच ब्रेकअपको सम्भावना बढेको छ । तर, क्याट्रिना सम्बन्धलाई टिकाउन हरसम्भव प्रयास गरिरहेको बताइन्छ ।

त्यसो त यी दुवै लिभ–इन टुगेदरमा बस्छन् । हाल यी दुवै अलगअलग फिल्ममा अभिनय गर्नका लागि लण्डनमा छन् । सुटिङ सकेपश्चात यिनीहरू न्युयोर्क जाने बताइएको थियो । त्यसपछि यी दुवै ‘जग्गा जासुस’ मा व्यस्त हुनेछन् । बलिउड फिल्म पण्डितहरूका अनुसार यदि यी दुवैको ब्रेकअप भएको खण्डमा जग्गा जासुस निर्देशकलाई ठूलो घाटा हुनेछ ।

 

प्रतिक्रिया