सरकार राष्ट्रवादीजस्तो देखिन्छ मात्र

Interview Photo copyफणीन्द्र नेपाल
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा

ग्रेटर नेपाल के हो ? यसको उद्देश्य के हो ?
ग्रेटर नेपाल राष्ट्रियताका लागि क्रियाशील संस्था हो । यतिबेला हामी २ सय वर्ष पहिले सन् १८१५ डिसेम्बर २ मा नेपाल र बेलायतबीच भएको सन्धीे र त्यसले पुगेको क्षतिका बारे प्रचार सुरु गरेका छौँ । सुगौली सन्धी पूर्व बेलायतले एकतर्फी रूपमा हस्ताक्षर गरी १५ दिनभित्र नेपालललाई हस्ताक्षर गर्न भनी सन्धीको मस्यौदा पठाएको थियो । सन् १८१६ मार्च ४ मा नेपालले उक्त सम्झौतामा हस्ताक्षर ग¥यो । बेलायतले उक्त सन्धीमा हस्ताक्षर गरेको गएको डिसेम्बर २ मा २ सय वर्ष पूरा भयो ।

के थियो त्यो पत्रमा ?
पहिलो कुरा सुगौली सन्धी कसरी भयो भनेर बुभ्mनु जरुरी छ । उक्त सन्धी पूर्व नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिममा काँकडासम्म थियो । सन् १८१४ मा बेलायत र नेपालको लडाइँ भयो । उक्त लडाइँमा नेपालले महाकाली पश्चिमका २ वटा मोर्चामा हा¥यो । नेपालले हारेपछि बेलायतले नेपालले हारेको भूभाग हामीलाई दिनुप¥यो भनेर सन्धीको प्रस्ताव ग¥यो । नेपालले नहारेको पूर्वको दार्जिलिङ, सिक्किमलगायतको जमिनसहितको सुगौली सन्धीको प्रस्ताव बेलायतले ग¥यो । नेपालले उक्त प्रस्तावमा हस्ताक्षर गर्ने वा नगर्ने भन्ने दुविधा हँुदै थियो । बेलायतको तीव्र दबाबसँगै नेपालमाथि पूनः आक्रमणको धम्की आएपछि भएको जमीन बचाउने उद्देश्यले उक्त सन्धीमा हस्ताक्षर भएको हो ।

गे्रटर नेपाललाई चाहि“ कसरी बुभ्mने ?
सुगौली सन्धी र त्यस्तै अन्य सन्धी सम्झौताका कारण गुमेको नेपालको जमिन नेपालले फिर्ता पाउनुपर्छ । बेलायतले गरेको सुगौली सन्धीको कारण देश मेची र महाकालीमा सीमित भएको छ । आज हामीसँग भएको तराई पनि थिएन केही समय गुमेको थियो । बेलायत सबै तराईमा आफ्नो कब्जा जमाउन चाहन्थ्यो । सन् १८१६ को डिसेम्वर ११ र १८६० मा भएको सहमतिले कोसीदेखि महाकालीसम्मको तराई नेपालले फिर्ता पाएको हो । वर्तमान नेपालको सिमाना बेलायतसँग भएको दुईपटकको सम्झौतापछिको हो । सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भयो । तर, बेलायतले नेपालको जमिन भारतलाई दिएर जानु हँुदैन थियो भन्ने हाम्रो मान्यता हो । ऊ आपूm भारत छोडदा नेपालसँग लिएको जमिन नेपाललाई फिर्ता गरेर जानुपर्ने थियो भन्ने हाम्रो भनाइ हो । नेपालले बेलायतसँग गरेको सुगौली सन्धी भारतसँग लागू हँुदैन भन्ने अभियानमा छौँ, हामी । सुगौली सन्धीले गुमाएको सबै जमिन नेपाले फिर्ता पाउनुपर्छ भन्ने हाम्रो माग हो । त्यही मागसहितको आन्दोलन नै ग्रेटर नेपाल हो ।

यत्रो राष्ट्रियताको कुरा चर्चामा नआउनुको कारण के हो ?
यसको प्रमुख कारण राज्य हो । नेपालको राष्ट्रिय अखण्डता र राष्ट्रले गरेको सन्धीको बारेमा राज्यको जिम्मेवार निकायमा बस्नेले गम्भीर भएर हेर्नुपर्छ । विगतको सन्धी सम्झौताको बारेमा पुनरावलोकन गर्नुपर्छ । त्यो दायित्व राज्यको हो । तर, सरकार यस्ता कुरामा मौन छ । सरकारमा भएका पार्टी र नेताहरू यस्ता कुरा बाहिर नआओस् भन्ने चाहन्छन् । त्यसै कारण यति ठूलो र गम्भीर कुरा हुनुपर्ने जति चर्चा भएको छैन । यो विषयमा सञ्चार माध्यमले पनि चाहे जति प्रचारप्रसार गरेका छैन ।

सन्धी सम्झौतामार्पmत गुमाएका भूभाग फिर्ता गर्न कत्तिको सम्भव छ ?
यसका लागि हङकङलाई उदाहरणको रूपमा लिन सकिन्छ । बेलायतले चीनसँग हङकङसन्धी गरेको थियो । १९९७ मा हङकङ चीनले फिर्ता पायो । बेलायत र हङकङबीच भएको सन्धी र नेपाल बेलायतबीच भएको सुगौली सन्धीको प्रकार एकै हो । बेलायतले चीनसँग सन्धी गर्दा र नेपालसँग सुगौली सन्धी गर्दा सदाका लागि आफूले सो जमिन आफ्नो हुने भनिएको छ । तर, चीनले हङकङ पाउने नेपालले सुरुमा गुमाएको तराइ फिर्ता हुने तर नेपाले सुगौली सन्धीमार्पmत गुमाएको मेची पूर्व र महाकाली पश्चिमको भाग फिर्ता नहुने हुन सक्दैन । यही नजिरको आधारमा जाने हो भने पनि फिर्ता हुन सक्छ । तर, नेपालको तर्फबाट प्रयास भएन । नेपाल सरकारले भारत सरकारसँग यो विषयमा कुरा गर्नुपर्छ यदि भारत मान्दैन भने बेलायतलाई मध्यस्त बनाएर कुरा गर्नुपर्छ । सो बारेमा नेपाल सरकारले भारतसँग टेबलमा बसेर आँखा जुधाएर कुरा गर्न सकेको छैन । सुगौली सन्धी नेपालले भारतसँग नभै बेलायतसँग गरेको हो ।

तपाईंहरूको आवाजमा पनि दम नपुगेको हो कि ?
हो हाम्रो आवाजमा पनि दम पुगेको छैन । हामी अडाइ करोड जनताको हातमा सुगौली सन्धीको टेक्स पु¥याउन चाहन्छौँ र सम्पूर्ण सञ्चार माध्यमले यो विषयमा प्रचारप्रसार गरिदिनु पर्छ । राज्य जिम्मेवार भएर यसलाइ उठाउनुपर्छ । तर, यहाँका सञ्चार माध्यमहरू यस्ता कुरामा भन्दा बहुराष्ट्रिय कम्पनीको विज्ञापनमा आकर्षित छन् । हाम्रो आवाज सीमित ठाउँमा मात्र खुम्चिएको छ ।

कारण के हुन सक्छ ?
कारण प्रष्ट छ । नेपालको सरकार र प्रमुख पार्टीहरू भारतीय दबाबको अगाडि झुक्नु । यति बेला सरकार हेर्दा ठूलो राष्ट्रवादी जस्तो देखिन्छ । तर, यथार्थ त्यस्तो होइन । सरकार भारतको अगाडि सधैँ नतमष्तक हुने गरको छ । यति राष्ट्रियताको सवालमा सरकार इमानदार हुने हो भने कुनै पनि छिमेकीले अर्को छिमेकीलाई हेप्ने आँट गर्दैन । सरकार यतिबेला भारतसँग नझुक्ने भनेर जनतालाई भ्रम छर्ने काम गरिरहेको छ । यदि, इमानदारिपूर्वक भारतसँग सरकार झुक्न नचाहेको हो र देश र जनताप्रति इमानदार भएको भए देश यति ठूलो संकटमा पर्दा अन्य विकल्प गर्न सक्थ्यो तर त्यो भएन । चीनसँग अनुदानबाहेक व्यापारिक रूपमा इन्धन ल्याउन सकेको छैन । यसले प्रष्ट हुन्छ भाषण, सम्बोधनले हुँदैन । व्यवहारमा देखाउने काम गर्नुपर्छ ।

यतिबेला भारतस“ग नेपालको सम्बन्ध बिग्रिएको बेला यस्तो कुरा उठाउँदा के प्रभाव पर्न सक्छ ?
एकाथरिलाई लाग्न सक्छ भारत रिसाएको बेला यति ठूलो कुरा उठाउनु हँुदैन झन् रिसाउँछ । केहीलाई लाग्छ यो कुरा उठाउने भनेकै यति बेला हो । हाम्रा लागि यो द्रह्रो हतियार हो भनेर पनि हर्न सकिन्छ । नेपालले सुगौली सन्धीमार्फत नेपाले आफ्नो भूमि माग्दै छ भनेर भारत तर्सन सक्छ ।

भारतले नेपालमाथि नाकाबन्दी लगाएका कारण वा सुगौली सन्धी २ सय वर्ष पुगेको कारण यो कुरा उठ्दै छ ?
ग्रेटर नेपाल आज मात्र होइन । हामीले अगाडिदेखि नै यो कुरा उठाएका हौँ । तर, अहिले अलि बढी उठेको हो । यसका पक्षमा धेरै मान्छेहरू छन् । जसले यसको बारेमा नेपालसँगै दार्जिलिङमा पनि कुरा राणाकालमा नै उठेको थियो । तर, उठनुपर्ने जति उठ्न सकेन । भारतले पनि पोर्चुगलसँग ७ सय वर्षपछि गोवा फिर्ता लिएको हो यो कुरा भारतका शासकहरूलाई भन्न सक्नु पर्छ नेपालका शासकले । अहिले दुवै कारणले यो कुरा चर्को रूपमा उठ्दै छ ।

सबै इमानदार हुने हो भने सुगौली सन्धीले गुमेको जमिन फिर्ता हुन्छ त ?
भारतसँग नेपालले सुगौली सन्धीमा गुमाएको जमिन आफ्नो हो भन्ने कुनै प्रमाण छैन । भारतको संवीधानमा प्रष्ट छ । सन् १९५० को सन्धी ८ मा प्रष्ट छ ‘नेपालले बेलायतसँग गरेको तमाम सन्धी रद्द हुने छ’ भनिएको छ त्यसको आधारमा भन्ने हो भने पनि सुगौली सन्धी खारेज भएर गुमेको जमिन फिर्ता पाउनुपर्छ । भारत आपँैm उपनिवेशबाट मुक्त भएको हो । उसले अरूको देशलाई उपनिवेश बनाउनु हुँदैन ।

यति ठूलो कुरा देशका नेताहरूलाई गर्नुभयो होला कस्तो रेस्पोन्स पाउनुभएको छ ?
हामीले धेरै नेतालाई भन्यौँ, नक्सा देखायौँ । सुगौली सन्धी र नेपालको बारेमा बतायौँ । कयौँले यो कुरा थाहै थिएन भने । कतिले कुरा ठीक हो उठाउनुहोस् राम्रो कुरा हो भने । कतिले भाषण पनि गरे पक्षमा । तर, धेरैले कुरा उठाउने तर, आपूmलाई हानी हुने अवस्था आए चुप लाग्ने । एकाथसर भारतसँग टसल लिनु हुँदैन भन्ने पनि देखियो । भारतको सांसद कीर्ति आजादले नेपालको तराई हाम्रो हो फिर्ता पाउनुपर्छ भनेर बोल्दा नेपालका कुनै नेताले भनेनन् कि दार्जिलिङ सिक्किम कुमाउगढवाल हाम्रो हो । नेपाल सरकारले यसको खण्डनसमेत गर्ने आँट गरेन । यदि सुगौली सन्धीले गुमाएको जमिन फिर्ता गर्न सकिने हो भने हाम्रो सिमाना सिधै बंगलादेश र भूटानसँग जोडिन्छ । टिष्टा नदी नेपालमा पर्नेछ जुन बगेर बम्हपुत्र हँुदै समुन्द्रमा पुग्छ । जसको कारण पानीजहाज सिधै नेपाल आउन सक्छ र भारतले गर्ने गरेको हस्तक्षेप र हेपाहा प्रवृद्धिको समाप्ती हुन सक्छ ।

तपाईंहरूको आन्दोलन कहा“सम्म पु¥याउने सोचमा छ ?
सुगौली सन्धी फिर्ता गराउने अभियानमा सरकारलाई हरेक कुराले वाध्य पार्नेछौँ । हामी जनताको सेना बनाउछौँ । निशस्त्र रूपमा जनतालाई यो अभियानमा उतार्ने अभियानमा र राष्ट्रियताको अभियानम गर्नुपर्ने सबै काम गर्नेछौँ । सहज रूपमा यो काममा नेपालको जिम्मेवार निकाय इमानदार हुने हो र भारत जिम्मेवार हुने हो भने हामीले भारतको दासताबाट मुक्त हुनेछौँ । त्यसका लागि हामी सबै प्रकारका आन्दोलन गर्नेछौँ ।

प्रतिक्रिया