पहिलोपटक ह्वीलचियर तेक्वान्दा

para taekwondoकाठमाडौँ १ पुस । नेपाल तेक्वान्दो संघले नेपालमा पहिलो पटक ह्वील चियर तेक्वान्दो शुरुआत गरेको छ । नेपाली खेल जगतको सबैभन्दा सफल खेलको रूपमा स्थापित तेक्वान्दोले बुधबारदेखि ह्वीलचियर तेक्वान्दोको शुरु गरेको हो ।

पारा तेक्वान्दो शुरु भएको केही वर्षपछि नेपालमा ह््वीलचियर तेक्वान्दोको प्रशिक्षण शुरु गरीएको छ । नेपालमा पारा तेक्वान्दोको सफलतासँगै पारा खेल तर्फ तेक्वान्दो संघले चासो बढाएको थियो । नेपालमा पारा तेक्वान्दोका संस्थापकका रूपमा रहेका पारा तेक्वान्दो खेलाडी यादव कुवँरको सफलता पश्चात पारा तेक्वान्दो नेपालमा विकास भएको हो । कुँवरले सन् २०१४ मा स्वीट्जरल्याण्डमा भएको चौथो विश्व पारा तेक्वान्दोमा कास्य र सन् २०१४ मा रसियामा भएको पाचौँ विश्व पारा तेक्वान्दोमा रजत पदक जितेका थिए । त्यसपश्चात विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ)ले उनको विधालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गर्न छोडेपछि कुँवर प्रतियोगिता खेल्नबाट वन्चीत छन् । त्यससगै उनले खेलाडी प्रशिक्षण शुरु गरे । उनकै प्रशिक्षणमा नेपालले तीन पदक हात पारिसकेको छ ।

डब्लुटिएफले पारा खेलाडीहरूका लागि मानसिक र बौद्धिक क्षमता विकास गर्न पारा तेक्वान्दोलाई बृहत रूपमा बिस्तार गरेको छ । त्यहीअनुरूप ह््वीलचियर तेक्वान्दोको विकास भएको पारा तेक्वान्दोका संयोजक कासिम मियाँ बताउछन् । मियाँ भन्छन् यसलाई पनि पछिल्लो सफलतासगैँ त्यसतर्फ डो¥याउने प्रयत्न संघले गर्दैछ ।

विश्व पारा तेक्वान्दोका पदक विजेता कुँवर भन्छन् संघले ह््वीलचियर तेक्वान्दोको शुरुआत गरेसँगै कुनैपनि अशक्त ब्यक्तिहरूले आफुलाई मानसिक र शारिरिक रूपमा झन बलिया महसुस गर्नेछन् । उनिहरूले राष्ट्रका लागि खेलमार्फत केही योगदान गर्ने अवसर प्राप्त गरेका छन् । त्यसैसगै संघ, पारा खेलाडी र प्रशिक्षकमाथि थप जिम्मेवारी थपीएको छ ।

प्रतिक्रिया