किम्फ ‘टासी एन्ड द मंक’ उत्कृष्ट

kimf-picकाठमाडौं, १ पुस । काठमाडौं भइरहेको अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा एन्ड्रीयु हिन्टन र जोनी ब्रुकको ‘टासी एन्ड द मंक’ उत्कृष्ट घोषित भएको छ । ‘टासी एन्ड द मंक’ ले १५ सय डलरको पहिलो पुरस्कार प्राप्त गर्न सफल भएको हो । एक हजार डलरसहितको दोस्रो पुरस्कार पोल्यान्डका पावेल विसोजान्स्कीको फिल्म ‘जुरेक’ले प्राप्त गरेको छ ।

यस्तै ५ सय अमेरिकी डलरको तेस्रो पुरस्कार आमेनियाका भहराम म्खीतार्यनको ‘सेर्फडस् सङ’ ले पायो । स्पेशल मेन्सन स्लोभाकियाका पाभोल बराबासको ‘लिभ फर प्यासन’ले पायो । बैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूको चपेटाबाट मुश्किलले बाँचेकाहरूको कथा समेटेर गणेश पाण्डेले तयार पारेको डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ दर्शकको रोजाईमा रोजाईमा परेको छ ।

नेपाल पानोरमा अन्तर्गत उत्कृष्ट ठहरिएर यसले ५० हजार रूपैयाँ पुरस्कार पायो । भूकम्पमा परेर पनि भाग्यले बाँचेका र बचाउन खटिएकाहरूको कथा यसमा समेटिएको छ । त्यस्तै अरुणदेव जोशीको ‘कमारो’ नेपाल पानोरमा फिक्सनमा उत्कृट घोषित हुँदै ५० हजार रूपैयाँ पुरस्कार पायो । यो छोटो फिल्म महेशविक्रम शाहको कथामा आधारित छ । बेस्ट फिक्सन अन्र्तगत स्पेशल मेन्सन अवार्ड राजकुमार राईको ‘हेवन इज ब्ल्याक’ले पायो भने बेस्ट डकुमेन्ट्री अन्र्तगतको अवार्ड दिपेश खरेल र फोर्ड स्टोराजको ‘तामा गाउँ’ ले पायो ।

भूकम्पका विषयमा बनेका नेपाली छोटा फिल्मको प्रतिस्पर्धामा आयुस निरौलाको ‘आफ्टर द क्वेक’ पहिलो, प्रदिप पोख्रेलको ‘राईजिङ फ्रम द इपीसेन्टर’ दोस्रो र आदित्य खड्काको ‘धर्तिपुत्र’ तेस्रो भयो । बेलायती पर्वतारोही तथा पत्रकार इड डगलस, कोरियाली प्राध्यापक युन–यङ किम, बलिउड फिल्म सम्पादक नम्रता राव, भारतीय फिल्म समिक्षक प्रेमेन्द्रनाथ मजुम्दार रहेको निणार्यक मण्डल रहेको थियो ।

प्रतिक्रिया