“निकास निकाल्नुस्”

onsariकाठमाडौं, २८ मंसिर । सभामुख ओनसरी घर्तीले नेपाल र नेपाली जनतालाई केन्द्रमा राखेर निकास निकाल्न राजनीतिक दललाई आह्वान गरेकी छन् ।

संसद्् सेवा दिवसको अवसरमा संसद्् सचिवालयले सोमबार आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उनले भनिन्, ‘संविधान तत्काल कार्यान्वयन गरेर अघि नबढ्ने हो भने त्यसपछिको राजनीतिक परिदृश्य हामीले अपेक्षा गरेभन्दा फरक आउन सक्नेछ । त्यसतर्फ बेलैमा ध्यान पु¥याएर तत्काल राजनीतिक निकास निकाल्न म शीर्ष नेताहरूलाई आग्रह गर्दछु ।’

सरकारभित्र र बाहिर रहेका राजनीतिक दलको समझदारीपूर्ण प्रयासले नै अहिलेको जटिल अवस्थाको अन्त्य सम्भव रहेको बताउँदै सभामुख घर्तीले भनिन्, ‘आशा गराँै, निकट भविष्यमै यो जटिल अवस्थाको अन्त्य हुनेछ ।’

संसद् सेवालाई अपेक्षितरूपमा पूर्ण स्वायत्ततासहितको व्यवसायी, विशिष्ट र आकर्षक बनाउन अझै काम गर्नुपर्ने आवश्यकता आँैल्याउँदै उनले त्यसका लागि पनि सामूहिक पहल र प्रयत्नको खाँचो रहेको बताए ।

उपसभामुख गंगाप्रसाद यादवले राजनीतिक नेतृत्वसँगै अहोरात्र खटेर संसद् सेवाका कर्मचारीले काम गरिरहेकाले संविधानसभाबाट संविधान जारी गर्न सम्भव भएको हो भने । उनले भने, ‘संसद् सेवालाई अझ व्यवसायी र विशिष्ट तुल्याउन सबै मिलेर काम गर्न आवश्यक छ ।’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले ‘संविधानवाद र शक्ति सन्तुलन सिद्धान्तमा बनेको संविधानलाई कसैलाई मन परेको वा नपरेको विषयसँग जोडेर खोट लगाउनुको कुनै अर्थ रहन्न’ भने ।

संसद्बाट प्रदान गरिने सेवालाई गुणस्तरीय बनाउन सकिए सरकारको काम कारबाही प्रभावकारी हुन सक्छ भन्दै उनले संविधान कार्यान्वयनको सिलसिलामा आगामी २० दिनभित्रै १ सय ९३ वटा कानुन निर्माण हुने जानकारी दिइन् ।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले स्रोतसाधनको अभाव र कमजोर प्रशासनिक पकडले कार्य सम्पादन अझ गाह्रो र मुस्किल देखिएकाले आगामी दिनहरू चुनौतीपूर्ण रहेको धारणा राखे ।

उनले भने, ‘एकात्मकस्वरूपको राज्य व्यवस्थाबाट संघीय व्यवस्थामा प्रवेश गरेका छौँ, संघको सिर्जनाको प्रशासनिक काम बाँकी नै छ, विद्यमान गतिरोधको अन्त्यसँगै त्यो काम पनि सम्पन्न हुनेछ भन्ने विश्वास लिइएको छ ।’

समारोहमा विशिष्ट योगदान पु¥याएवापत यस वर्षको ‘संसद् सेवा सर्वाेत्कृष्ट पुरस्कार’ शाखा अधिकृत राजन घिमिरेलाई प्रदान गर्ने घोषणा गरिएको थियो । सो पुरस्कारको राशि नगद १ लाख र प्रमाणपत्र रहेको छ ।

संसद् सेवामा नमुना र उदाहरणीय कार्य गरेवापत हलुका सवारी चालक राजाराम थापालाई ७५ हजार रूपैयाँ राशिको ‘संसद् सेवा उत्कृष्ट पुरस्कार’ तथा उपसचिव सुदर्शन कुइँकेल र कार्यालय सहयोगी शिवहरि अधिकारीलाई जनही ५०÷५० हजार रूपैयाँ राशिको ‘संसद् सेवा पुरस्कार’ प्रदान गरिएको जानकारी दिइयो ।

समारोहमा संसद् दिवसको अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा संसद् सचिवालयद्वारा प्रकाशित स्मारिकाको पनि विमोचन गरिएको थियो । पहिले निजामती सेवाको अंगका रूपमा रहेकामा ०५८ साल मंसिर २८ गते बेग्लै संसद् सेवा रहने घोषणा भएपछि हरेक वर्ष मंसिर २८ गते संसद् सेवा दिवस मनाउने गरिँदै आएको छ । नीति र विधि निर्माणको मुख्य थलोका रूपमा रहेको संसद् सेवामा हाल ३ सय ३४ जनाकोदरबन्दी रहेको छ ।

आफ्नो भवन नरहेका कारण सञ्चालन खर्च बढे पनि दक्षता बढाउन नकिएको स्वीकार्दै संसद् सचिवालले संसद् भवन बनाउने बारेमा सोच्न र त्यसको व्यवस्था मिलाउन समारोहमा सरकारको ध्यानाकर्षण गरेको थियो ।

प्रतिक्रिया