अलग अभियानको मंसिर शृंखला

alag aavhiyanललितपुर २७ मंसिर । ललितपुरको सातदोबाटोस्थित अलग आर्ट हबमा साहित्य र संगीतको सिर्जनशील अभियान अलग अभियानको मंसिर शृंखला सम्पन्न भएको छ । कार्यक्रममा कविहरू सांकेन बान्तावा, अविनाश भट्टराई, प्रतिमा पाठक, इनुमा राई, प्रकाश गुरागाईं, अनिल नेम्बाङ, केवल बिनाबी, रोशन यक्सो, जुनु शर्मा, पुनाराम गिरी, भिम राई, मुक्तान थेबा, किरण दाहाल, नमन अनु, नविन प्यासी, जीचेन स्यांतान, प्रज्ज्वल अधिकारी लगायतले कविता वाचन गरेका थिए ।

त्यसैगरी मिलन किराती, नाकिमाको शब्दलाई मण्डल साम्पाङ, भिमसेना राईको संगीतमा बबिना किराती, सागर संसार राई, रेवत राई र सुरस्मा लामिछानेले प्रस्तुत गरे ।

सहित्यको अतिथी अभय श्रेष्ठले कविकलाकारहरूको निडरतापूर्वक प्रस्तुतिको प्रशंसा गर्दै आफ्ना केही कविता सुनाए भने संगीतको अतिथी पार्वती राईले अभियानको निरन्तरताको शुभेच्छा व्यक्त गर्दै आफ्ना चर्चित गीतहरू प्रस्तुत गरिन् । मंसिर शृंखलामा बाँसुरीमा पावल थुलुङ र रमेश खड्का, हार्मोनियममा मण्डल साम्पाङ, गिटारमा नाकिमा र फोटोग्राफीमा सुक तुम्रोकले साथ दिएका थिए । अलग अभियानले निरन्तर मासिक शृंखला र बेलाबेला विशेष शृंखलाहरू आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया