निशा थर्ड रनरअप

miss-heritage-2नयाँदिल्ली । नेपाली निशा पाठक ‘मिस हेरिटेज इन्टरनेशनल’ मा थर्ड रनरअप भएकी छिन् । सो स्पर्धामा भियतनामकी भिक्टोरिया फामले ‘मिस हेरिटेज इन्टरनेशनल’ मा आफ्नो नाम लेखाइन् ।

टिनिडाड एन्ड टोबागोकी केटिशा विलियम्सले फस्ट रनरअप र म्यानमारकी चय युपर सेट्सले सेकेन्ड रनरअपको उपाधी जितेकी छिन् । नेपालकी निशा पाठक थर्ड रनरअप र दक्षिण अफ्रिकाकी नताशा मोगोरोसी फोर्थ रनरअप हुन सफल भए । नेपालस्थित ई प्लानेट प्रा.लि.को आयोजनामा सम्पन्न यो प्रतियोगितामा भारतस्थित वी फोर वी एवं कलाई मनि केयर्स स्थानीय पार्टनरका रूपमा रहेको थियो । प्रतियोगितामा मिस इन्भारोमेन्टल एम्बेसडर अवार्डमा नेपालकी निशा पाठकले आफ्नो नाम दर्ता गरिन् भने वेष्ट इन्भारोमेन्टल डेसको उपाधी पनि उनले नै हात पारिन् ।

सौन्दर्य प्रतियोगितामार्फत यूनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा रहेका विश्वका विभिन्न मुलुकका सम्पदा र संकृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना भएको ‘मिस हेरिटेज इन्टरनेशनल’ नेपाल लगायत भारत, फिलिपिन्स, मलेसिया, म्यानमार, जाम्बिया, तान्जानिया, भियतनाम, डेनमार्क, रसिया, सेन्टल रसिया, लेसोथो, दक्षिण अफ्रिका लगायत डेढ दर्जन भन्दा बढी मुलुकका सुन्दरीहरूको सहभागिता प्रतियोगितामा थियो । डिसेम्बर १२ मा भारतको नयाँ दिल्लीस्थित अशोका कन्टी रिसोर्टमा यो प्रतिस्पर्धा आयोजना भएको हो ।

प्रतिक्रिया