टासी र हृदेशलाई उपाधि

tasiकाठमाडौं, २६ मंसिर । गोकर्ण गल्फ क्लबमा भएको काल्र्सबर्ग गल्फको उपाधि शनिबार टासि डोङ र हृदेश सिंहले जितेका छन् । प्रतियोगिताअन्तर्गत टासिले नेट तथा हृदेशले ग्रसतर्पmको उपाधि जितेका छन् । टासिले ४० स्टेबलफोर्ड स्कोरका साथ पेम्बा शेर्पा र नोर्बू शेर्पालाई निरास पार्दै काल्सबर्गको उपाधिमा कब्जा जमाए । चर ह्यान्डीक्यापका टासिले ५ बर्डिज, ३ बोगी र १ डबल बोगीको सामना गरेका थिए ।

ग्रसतर्पmका विजेता हृदेशले ३५ ग्रस स्कोर जोडेका थिए । उनले पार ५ को १२औँ होलमा इगल, ५, ८ र १०औँ होलमा बर्डिज गरे । हृदेशले ४ सिंगल बोगी र १ डबल बोगी खेपेका थिए । अग्रता लिएका टासि छिरिङ फाइनल इभेन्टमा अनुपस्थित भएपछि हृदेशको उपाधि होड सहज बनेको थियो । नेटतर्पm समान ३८ स्कोर पनि काउन्ट ब्याकको आधारमा डा. निरान्ज शर्मा दोस्रो र निर्मल दाहाल तेस्रो भए । ग्रसतर्पm पनि समान ३१ ग्रसस्कोर भएता पनि काउन्ट ब्याकको आधारमा आङछिरिङ शेर्पा दोस्रो र निश्चयजंग रायमाझी तेस्रो भए ।

महिलातर्पm २७ स्कोरका साथ यु जिन सिम पहिलो र २६ स्कोर गरेकी रेखा घिमिरे दोस्रो बनिन् । सिनियरतर्फको उपाधि लोब्साङ टासीले हात पारे । प्रतियोगितामा क्लोजेस्ट टु द पिन टासी डोङ, नोर्बु शेर्पा लंगेस्ट ड्राइभ र राजेन्द्र श्रेष्ठले मस्ड बडिजको पुरस्कार हात पारे । कुल ९१ खेलाडीको सहभागिता रहेको प्रतियोगितामा गोर्खा ब्रुअरी प्रालीका प्रबन्धनिर्देशक फिलिप नोर्ले, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र गोर्खा ब्रुअरीका बजारप्रमुख वैभव शर्मालगायत पुरस्कृत गरे ।

प्रतिक्रिया