सुटिङको छनोट पूरा

photo qqकाठमाडौं, २४ मंसिर । भारतमा हुने १२औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडी छनोट बिहीबार पूरा भएको छ । विभिन्न ४ स्पर्धामा समान ६–६ पुरुष÷महिला गरी १२ खेलाडीको अन्तिम छनोट सम्पन्न भएको आयोजक नेपाल सुटिङ संघका सचिव प्रदीप खातीले जनाएका छन् । प्रत्येक स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडी सागका लागि छनोट भएका हुन् ।

पुरुष १० मिटर एयर राइफलमा दाङका पवन घिमिरे (५६९ अंक) पहिलो, सुनसरीका टीकाराम श्रेष्ठ (५६६ अंक) दोस्रो र ललितपुरका असिम यादव (५६१ अंक) तेस्रो भए । सोही स्पर्धाको महिलामा रुपन्देहीकी स्नेहराज्यलक्ष्मी राणा (३८९ अंक) पहिलो, नेपाल प्रहरीका फूलमाया क्याप्छाकी (३८५ अंक) दोस्रो र अस्मिता राई (३८५ अंक) तेस्रो भए ।

सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताको पुरुष १० मिटर एयर पेस्तोलमा बाँकेका बद्रुउद्दिन अन्सारी (५५२ अंक) पहिलो, नेपाल आर्मीका कुवेर केसी (५४८ अंक) दोस्रो र काठमाडौंका सुमन तुलाधर (५३९ अंक) तेस्रो भए ।

त्यस स्पर्धाको महिलामा सबै प्रहरीका खेलाडी छनोट भए । सविता बस्नेत (३६३ अंक) पहिलो, सीमा तुलाधर (३६० अंक) दोस्रो तथा मनिता राई (३५७ अंक) तेस्रो भए ।
पुरुषमा ६ सय र महिलामा ४ सय पूर्णांकमा प्रतिस्पर्धा भएको थियो । सागको पाँचौँ संस्करणदेखि सुटिङमा भाग लिन थालेको नेपालले हालसम्म १ स्वर्ण, १ रजत र ६ कांस्य जितेको छ ।

प्रतिक्रिया