तेक्वान्दोका स्टार विष्टलाई छैटौं डान

काठमाडौं । दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दीपक विष्टलाई नेपाल तेक्वान्दो संघले बुधबार छैटौं डान प्रदान गरेको छ । बुधबार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले छैटौं डानको प्रमाणपत्र प्रदान गरे । विष्ट दक्षिण एसियाली खेलकुदका ४ स्वर्ण विजेता तथा एसियाली खेलकुदका २ काँस्य विजेता हुन् ।

विष्ट छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुने पहिलो नेपाली पुरुष खेलाडी हुन् । नेपाल राष्ट्रिय तेक्वान्दो टोलीका प्रशिक्षकसमेत रहेका ओलम्पियन विष्टले सन् २००२ मा दक्षिण कोरियामा भएको एसियन गेम र सन् २००६ मा कतारमा भएको एसियन गेममा काँस्य पदक जितेका थिए । (सौस)

प्रतिक्रिया