“कैफियत” ट्रेलर सार्वजनिक

kaifiyat-trailerकाठमाडौं । आगामी माघ १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कैफियत’ को अफिसियल ट्रेलर रिलिज भएको छ । सार्वजनिक गरिएको ट्रेलरमा एक्सनलाई बढी जोड दिइएको छ ।

ओम दक्षिणकाली फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र ‘कैफियत’लाई चिन्तामणी बराल र धन देवकोटाले संयुक्त रूपमा लगानी गरेका छन् । चलचित्रमा मिथिला शर्मा, नविन श्रेष्ठ, नन्दिता केसी, किशन सुनार, सजना थापा ‘रोज’ लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

दशरथ गिरीले निर्देशनमा निर्माण भएको चलचित्रमा माधव शर्माको कथा, पटकथा र सम्वाद रहेको यस चलचित्रमा संगीत अर्जुन पोखरेलको रहेको छ । चलचित्रलाई रामेश्वर कार्कीको छायांकन र अष्टमान महर्जनको द्वन्द निर्देशन रहेको छ । चलचित्र ‘कैफियत’ पोखरा र काठमाडौंका रमणीय ठाँउहरूमा छायांकन भएको छ । (सौस)

प्रतिक्रिया