‘ड्याडी’ को भिडियो सार्वजनिक

gangnamसिओल । ‘गंनम स्टाइल’ गायक पार्क जी साङ ‘साई’ को नयाँ गीत ‘ड्याडी’ को भिडियो सार्वजनिक भएको छ । रिलिज भएको एकदिनमै यो गीत युट्युबमा ४२ लाखभन्दा बढीपटक हेरिसकिएको छ । यस गीतमा एउटा शिशुदेखि हजुरबासम्मको पुस्तालाई चित्रण गरिएको छ । भिडियो पनि उत्तिकै चाख लाग्दोछ भने संगीत पनि ‘क्याची’ सुनिन्छ ।

साई दक्षिण कोरियाका चर्चित गायक, गीतकार, गीत निर्माता, मोडल तथा ¥यापर हुन् । उनी भिडियोमा हाँस्य अभिनय गर्नसमेत उत्तिकै माहिर छन् । (एजेन्सी)

प्रतिक्रिया