पहिलोपटक महिला अम्पायर

women__umpireयुएई, । आइसिसी महिला टी–२० विश्वकपको क्वालिफाइङ टुर्नामेन्टका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले पहिलोपटक महिला अम्पायर राख्ने भएको छ । आगामी ५ डिसेम्बरसम्म चल्ने महिला विश्वकपमा क्रिकेट इतिहासमा पहिलोपटक महिला अम्पायर देखिने भएकी हुन् । जसअन्तर्गत क्वालिफाइङ टुर्नामेन्टका लागि आइसिसीले गत बुधबार ४ अम्पायरको घोषणा गरेको थियो ।

४ महिला अम्पायरमा न्युजिल्यान्डका अनुभवी खेलाडी कैथलिन क्रस, अस्टे«लियाकी क्लेयरे पोलोसाक, इंग्ल्यान्डकी स्यु रेडफर्न र वेस्ट इन्डिजकी ज्याकलिन विलियम्स छिन् । उनीहरू क्रिकेट इतिहासमा नै पहिलोपटक महिला अम्पायरका रूपमा काम गर्नेछिन् । उक्त क्वालिफाइङ टुर्नामेन्टमा कूल ८ राष्ट्रको सहभागिता रहनेछ । जसमा बंगलादेश, थाइल्यान्ड, चीन, आयरल्यान्ड, नेदरल्यान्ड, पपुवान्युगिनी, स्कटल्यान्ड र जिम्बावे छन् । आगामी वर्ष भारतमा हुने विश्वकपका लागि २ राष्ट्र यस क्वालिफाइङ टुर्नामेन्टद्वारा छनोट हुनेछन् । (एजेन्सी)

प्रतिक्रिया