केन्याका सात खेलाडीलाई प्रतिबन्ध

banned athlet chebetनैरोबी । केन्याका ७ एथलेटिक्स खेलाडीलाई डोपिङको आरोपमा प्रतिबन्ध लागेको छ । प्रतिबन्ध पर्ने एथलेटिक्समा २ पटकका वल्र्ड च्याम्पियन भइसकेका केन्याका खेलाडी एमिली चेबेट पनि छन् । केन्याको एथलेटिक्स एसोसियसनले सन् २०१० र ०१३ मा विश्व च्याम्पियन भएका चेबेटको डोपिङ प्रशिक्षणको परिणाम सकरात्मक आएपनि ४ वर्षका लागि प्रतिबन्ध लगाएको जनाएको छ । उनी सँगै एगनेस जोपोस्गेई, बर्नाड बेन्दिया, जुडी जेसाइरे र लिलियान मारिटालाई पनि प्रतिबन्ध लागेको छ ।

२९ वर्षीय चेबेटले पछिल्लो वर्ष ग्लासगोमा भएको राष्ट्रमण्डल प्रतियोगिताको १० हजार मिटरमा कास्यपदक जितेका थिए । तथापि उनको प्रतिबन्ध भने गत जुलाई १७ बाट लागू हुनेछ । उनको प्रतिबन्ध फुकुवा भने सन् २०१९ जुलाई १६ मा हुनेछ । साथै बेइजिङ वल्र्ड च्याम्पियन प्रतिभागी जायसी जकारी र कोकी मानुगाँलाई पनि ४ वर्षको प्रतिबन्ध लगाइएको छ ।

केही समय अगाडि मात्र केन्याका एथलेटिक्स खेलाडीले रुससँगै केन्याको खेलाडी पनि प्रतिबन्धमा पर्न सक्ने भन्दै संघका अध्यक्ष इसाह किपलागत र उपाध्यक्ष डेबिठ ओकेयोको राजीनामाको माग गर्दै विरोध गरेका थिए । त्यससँगै रुसले पनि अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघले लगाएको प्रतिबन्धलाई विनामाग स्वीकार गरेको छ । (एजेन्सी)

प्रतिक्रिया