पुवुदुलाई परिषद्को बिदाई

pupudu n bistaकाठमाडौं । नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक पुवुदु दासानायकेलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले परिषद्मा बिदाई गरे ।

उक्त अवसरमा बोल्दै सदस्यसचिव विष्टले नेपालको क्रिकेटको विकास, सफलता र खेलाडी उत्पादनमा पुवुदुको योगदानको प्रशंसा गर्दै उनको योगदानको नेपाल सरकार, परिषद् र समस्त खेल क्षेत्रले सदा स्मरण गरिरहने बताए ।

‘नेपाली क्रिकेट सदा उहाँप्रति कृतज्ञ रहनेछ । उहाँको आवश्यकता महसुस भए आगामी दिनमा उहाँलाई पुनः बोलाउन सकिनेछ’ सदस्यसचिव विष्टले बताए ।

विदाई कार्यक्रममा बोल्दै प्रशिक्षक पुवुदुले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको भन्दै नेपाली खेलाडीहरूमा जुन किसिमको खेल भावना रहेको छ त्यसले कुनै दिन नेपाली क्रिकेटलाई उच्च विन्दुमा पु¥याउन सक्ने बताए । उनले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद परिषद, नेपाल सरकारबाट सदा सहयोग पाएकोमा धन्यवाद व्यक्त गरे । पुवुदु आफ्नो कार्यकाल पूरा गर्दै शनिबार आफ्नो देश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया