अप्सरा उडिन् चीनतर्फ

apsara basnetकाठमाडौं, ११ मंसिर । विवाहित महिलाहरूमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् ग्लोब २०१५’ मा नेपालका तर्फबाट सहभागिताका लागि अप्सरा बस्नेत चीनतर्फ प्रस्थान गरेकी छिन् ।

चीनको सेन्जेन शहरमा यही नोभेम्बर २६ देखि डिसेम्बर ६ तारिखसम्म सञ्चालन हुने यो प्रतियोगितामा अप्सराले विश्वका ५० भन्दा बढी मुलुकका विवाहित सुन्दरीहरूसित प्रतिस्पर्धा गर्नेछिन् । अप्सरा केही समय अगाडि मात्रमा पोखरामा सम्पन्न मिसेस् पोखरा २०१५ का विजेता हुन् ।

यसअघि मिसेस् ग्लोबको २०१३ र २०१४ को संस्करणमा नेपालको तर्फबाट रजनी थापाको सहभागिता रहेको थियो । जसमा रजनीले २०१३ मा मिसेस् फिलान्थ्रोपी र २०१४ मा लिडर अफ द इयरको अवार्ड जितेकी थिइन् । अप्सराको मिसेस् ग्लोबमा सहभागिताका लागि इप्लानेट प्रालिले सहकार्य गरेको हो । मिसेस् नेपाल २०१३ की विजेता रजनी थापाले यसका लागि संयोजन गरेकी हुन् ।

प्रतिक्रिया