जनवरीमा प्रितिको लगनगाँठो

preeti zinta copyमुम्बई । बलिउड अभिनेत्री प्रिति जिन्टाले यही जनावरीमा विवाह गर्न लागेको खबरले भारतीय सञ्चारमाध्याम गर्माएको छ । प्रितिले चाँडै नै आफ्नो अमेरिकी ब्वाइफ्रेन्ड जीन गुडएनफसँग विवाह गर्दैछिन् । बिहेबारे तयारी भइरहे पनि अभिनेत्री प्रितिले यसबारे औपचारिक जानकारी कसैलाई पनि दिएकी छैनन् ।
केही भारतीय मिडियाले अभिनेत्री प्रिति जिन्टा विवाहकै लागि अमेरिका जान लागेको समेत उल्लेख गरेका छन् । एक समय नेस बोडियासँग नजिकिएकी प्रितिले उनीसँग सम्बन्ध विच्छेद गर्दै गुडएनफसँग सम्बन्ध गाँसेकी थिइन् । गुडएनएफ लसएन्जल्सका फाइनान्स विश्लेषक हुन् । प्रिति जिन्टा अमेरिका भ्रमणमा गएको अवसरमा उनीहरूको भेट भएको थियो ।
प्रितिका परिवारका प्रायः सबै सदस्य अमेरिकामै बस्छन् । त्यसकारण पनि उनी अमेरिका जाने आउने बढी नै गर्छिन् । (एजेन्सी)

प्रतिक्रिया