“पशुपति प्रसाद”को ट्रेलर सार्वजनिक

pasupati prasad copyठमाडौं, ९ मंसिर । निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्र ‘पशुपति प्रसाद’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र ‘टलकजंग भर्सेस टुल्के’बाट एकाएक चर्चामा आएका कलाकार तथा लेखक खगेन्द्र लामिछानेको अभिनय रहेको यो चलचित्रमा रोजिन सिटौला कार्यकारी निर्माताको रुपमा छिन् भने रजना नापित यसकी निर्माता रहेकी छन् ।

टुकी आर्टस् प्रालि र दीपेन्द्र के खनाल प्रोडक्शनको ब्यानरमा तयार भएको चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा सिवाकोटी, विपिन कार्की, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिश्री थापा, आशिष अधिकारीको मुख्य भूमिका रहेको छ । निर्देशक दीपेन्द्र के खनालले चलचित्रले एक पात्रको यात्रालाई चित्रित गरेको बताए । उनले आफूलाई नयाँनयाँ कथावस्तुमा चलचित्र बनाउन मन लाग्ने भएकाले पनि ‘पशुपति प्रसाद’को जन्म भएको बताए ।

बाउ–आमाको अधुरो सपना पूरा गरेर उनीहरुलाई स्वर्ग तार्ने लक्ष लिएर पैसा कमाउन शहर आएको एउटा गाउँले केटाको कथामा यो चलचित्र बनेको छ । नायिका वर्षा सिवाकोटीले चलचित्रमा आफ्नो सस्पेन्स भूमिका रहेको बताइन् । उनी शिर्ष पात्रको अपोजिट रुपमा देखिएकी छिन् । चलचित्रको वितरक पपकर्न पिक्चर्सका माधव वाग्लेले चलचित्र भाग्यका कारण चल्ने बताए । यो चलचित्र मंसिर १५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

चलचित्रका नायक खगेन्द्र लामिछानेले भने यो चलचित्रले अब आफ्नो परिचय फेरिने बताएका छन् । उनले योभन्दा अगाडि चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ बाट रहेको नाम फेर्ने तयारीमा रहेको बताए ।

प्रतिक्रिया