काश्मीरमा भारतीय सेनाको मृत्यु

kasmirदिल्ली । काश्मीरको सिमा क्षेत्रमा पाकिस्तानी सेनाको फाइरिङबाट आफ्ना दुई सैनिकको निधन भएको भारतीय सेनाले जनाएको छ । गान्डीपोरा जिल्लाको गुइरेज क्षेत्रमा घटना भएको सेनाले जानकारी दिएको छ । सन् २००३ मा युद्ध विराम भए पनि दुई सेनाको बीचमा यसखाले घटना हुँदै आएका छन् ।

मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मीरको भ्रमण गर्ने तयारी भएको थियो ।
भारतीय सेनाले पाकिस्तानी सेनाले ग्रिनेड प्रयोग गरेको जनाएको छ । दुवै पक्षले पछिल्लो समय एकअर्कालाई आक्रमणको आरोप लगाउँदै आएका छन् । गत ६० बर्ष देखि काश्मीरलाई दुवै देशले दावी गर्दै आएका छन् । (एजेन्सी)

प्रतिक्रिया