दुर्घटना बाह्य कारणले भएको दावी

मस्को । रुषी विमानकम्पनी कोगोलमाभियाले सिनाय विमान दुर्घटनामा बाह्य कारणले असर गरेको दावी गरेको छ । अनुसन्धानमा संलग्न उड्यान मन्त्रालयका विज्ञहरुले गरेको ब्ल्याकबक्सको अध्ययनबाट सबै कुराको टुंगो लाग्ने जनाएको छ । मस्कोमा एयरलाइन्सले पत्रकार सम्मेलनको आयोजना गर्दै दुर्घटनाको कारण प्राबिधीक गडबढी नभएको जनाएको छ ।

एयरलाइन्सका अर्का एक अधीकारीले सन् २००१ मा उडानको क्रममा विमानको पुछार विग्रीए पनि यसलाई पूर्ण रुपमा सुधार गरिसको बताएका छन् । इजिप्टको सार्म अल सेखबाट सेन्टपीटरबर्ग तर्फ गइरहेको विमान शनीबार बिहान दुर्घटनाग्रस्त भएको थियो । विमानमा २५ बालबालीका सहित २१७ जना थिए । (एजेन्सी)

प्रतिक्रिया