निर्वाचनको स्वागत गर्न राष्ट्रपतिको आह्वान

turkeyटर्कीका राष्ट्रपति टाइप इर्डोगानले अन्तराष्ट्रिय निकायले त्यहाँको निर्वाचनको स्वागत र सम्मान गर्नु पर्नुे बताएका छन् । सत्तारुढ जस्टीस एन्ड डेभलप्मेन्ट पार्टी (एकेपी) ले निर्वाचनमा विजय प्राप्त गरेको छ । सत्तारुढ पार्टीले ४९.४ प्रतिशत मत प्राप्त गरेको छ भने विपक्षी सिएचपीले २५.४ प्रतिशत मत प्राप्त गरेको छ ।

राष्ट्रपति इर्डोगानले टर्की स्थायीत्वको बाटोमा अघि बढेको प्रतिक्रिया दिएका छन् । एउटै दलले ५० प्रतिशतको हाराहारीमा मत पाए पछि यसलाई सबैले सम्मान गर्नु पर्ने उनले बताए । गत जुनमा १३ बर्षमा पहिलो पटक एकेपीले संसदमा बहुमत गुमाएपछि इर्डोगानले निर्वाचन आह्वान गरेका थिए । निर्वाचनमा ५ करोड ४० लाख मतदाता मध्ये ८५ प्रतीशत भन्दा बढी मतदानमा सहभागी थिए । कुर्दीस प्रभाव रहेको शहर दियाकाभीभमा मतगणना पछि प्रदर्शन समेत भएको थियो । प्रहरीले प्रदर्शनकारी माथि अश्रुग्यास प्रहार गरेको थियो ।

प्रधानमन्त्री अकमद दागुतोग्लले एकेपीको प्रधान कार्यलयमा आयोजित विजय समारोहलाई सम्बोधन गर्दै टर्कीबासीले शान्ति, एकता र भातृत्वको पक्षमा मतदान गरेको प्रतिक्रिया दिएका छन् । उनले तत्कालै नयाँ सरकारको प्रक्रिया सुरु गर्ने बताएका छन् ।

एकेपीले सरकार गठन गर्न आवश्यक पर्ने २७६ भन्दा बढी सिट जितेको छ । संविधान परिवर्तन गर्दै एकेपीका संस्थापक तथा राष्ट्रपति इर्डोगानको शक्ति बढाउनका लागि १४ सिट नपुग्ने देखिएको छ । थुप्रै बिश्लेषकहरुले मतदाताले स्थायीत्वका लागि मतदान गरेको प्रतिक्रिया दिएका छन् । जुनमा निर्वाचनको घोषणा भए लगतै टर्कीको सेना र कुर्दीस वकृस पार्टीका विचमा युद्ध विराम भएको थियो । यस विचमा छुट्ट्ै इस्लामीक राज्यको माग गरिरहेका पृथकताबादीको आत्मघाती आक्रमणबाट ३० कुर्दको निधन भएको थियो । सिरियाको सिमा क्षेत्रमा यो आक्रमण भएको थियो ।

प्रतिक्रिया